अपडेट : पोखरा फिर्के खोलामा भेटियो ढलले बगाएको महिलाको शव
1-September-2016

पोखरा १६ भदौ ।  
बुधबार साँझ सिद्धार्थचोकस्थित सडक छेउको नाली ले बगाएर बेपत्ता भएकी महिलाको शव फिर्के खोलामा भेटिएको छ । सिद्धार्थ चोक स्थित नालीमा खसेर दाङ स्थाइ घर भई पोखरा ८ बगालेटोल बस्ने ४८ बर्षिया मिना भन्डारीको मृत्यु भएको हो ।

बुधबार साँझ आएको भिषण वषार्ले उर्लीएको नालीले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधवार साँझ आठ देखि १०बजेसम्म आएको भिषण बर्षाले पोखराका सडकमा पानीको भेल उर्लिएको थियो ।

बुधवार साँझ नालीमा खसेर बेपत्ता भएकी उनको विहिवार विहान शव फिर्र्केखोलामा भेटिएको छ । खोजीको क्रममा उनको शव प्रहरीको क्षेत्रीय गण नजिकै फिर्के खोलामा विहान पौने ७ बजे भेटिएको प्रहरीले जनाएको छ ।

नालीबाट खोलामा पुगेपछि फिर्के खोलाले बगाएर झण्डै तीन किलोमिटर तल फेवाताल नजिकै पुर्याएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोखरामा बुधबार साँझदेखि भारी बर्षा हुदा सडकमा सवारी सञ्चालनको लागि समेत कठिनाई भएको थियो भने खोलानालामा पनि ठूलो भेल आएको थियो ।

Write a Comment

Events