मुगुको हृयाङ्लुमा खडेरीले समस्या
15-October-2016

२९ असोज, मुगु । गत वर्ष खडेरीको सामना गरेको मुगुजिल्लामा यस वर्ष भने पानी परेकाले अन्नवाली उत्पादन हुने आशा गरिएको छ । तर, जिल्लाको हृयाङलु गाउँमा भने वर्षायामभरी पानी परेन । हृयाङलुवासी गत वर्षको भन्दा लामो समय खडेरी पर्ने भयले त्रसित छन् ।

गत वर्ष खडेरी पर्दा भोकमारीको सामना गरेका उनीहरु यस वर्ष समेत पानी नपरेपछि खाद्यान्य तथा बस्तुभाउँको चरनको अभावका परेका छन् ।

यस पटकको खडेरीले ४९.१० हेक्टरमा लगाएको पाखो वाली ९५ प्रतिशत नष्ट गरेको छ भने २०.२८ हेक्टरमा लगाएको धान वाली ८५ प्रतिशत नष्ट गरेको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ ।

खडेरीले नोक्सान पुर्याएका बर्षे वालीहरुमा धान, कोदो, मकै, मास, सिमी  र कागुनु लगाएत रहेका छन् । खडेरीका कारण अन्न उत्पादन नभएपछि हृयाङलुवासी अन्न किनेर खानुपर्ने अवस्थामा पुगेका छन् । तर गरिबीका कारण अन्न किन्ने सामथ्र्य नभएका कारण आफूहरु समस्यामा परेको स्थानीय मनबहादुर रोकायाले बताए ।

यस पटकको खडेरीले कर्णाली किनारका केही वस्तीहरु प्रभावित भएका छन् । हुम्लाका तल्लो क्षेत्र, मुगुका हृयाङ्लु विन र बाजुराको वाई लगाएतका वस्तीहरुका वासिन्दाहरु खडेरीको प्रत्यक्ष मारमा परेका छन् ।

Events
Random Picks