रक्षक हुनुपर्ने नै भक्षक भइदिएपछि.. ( प्रसङ्ग १० वर्षीय बालिकालाई चाउचाउ खुवाउने आसमा पुसाजुले गरे कुकार्य )
17-October-2016

अर्जुन गिरी, पोखरा
२४ वर्षीय ईश्वर विक ससुरालीकहाँ बस्थे ।दसंैको पूmलपातीको दिन ईश्वरर उनका साथी मिलेर मदिरा खाँदै थिए । खाँदाखाँदै मदिरा सक्कियो । उनीहरु मात्तिइसकेका थिए । तैपनि अझै मदिरा थप्ने निधो गरे । ‘म बटारे (मदिराको नाम) किनेर ल्याउँछु’ भन्दै पसलतिर लागे । उनीसँगै उनको जेठानको छोरी पछि लागिन् ।१० वर्षीय बालिकाचाउचाउ खाने आसमा पुसाजुको पछि लागिन् । बुवा रोजगारीका लागि विदेश भएको हुनाले पनि पुसाजुमा उनीले बावुको रुप देख्नु स्वाभाविकै थियो ।हुन पनि ती बालिकाका लागि उनी रक्षक हुनुपथ्र्याे । 
साँझपख ईश्वरले हात समातेर बालिकालाई पसलतिर लैजाँदै थिए । त्यतिकैमा ईश्वरको दिमागमा कुविचारले बास ग¥यो । मदिराको मातले गर्दा पनि होला उनीकुकर्मगर्न लागि परे । चाउचाउ किनिदिने भनेपछि हुरुक्कै भएकीबालिकालाई ईश्वरले सुम्सुमाउन थाले । १० वर्षीया बालिकालाई आपूmमाथि हँुदै छ भनेर थाहा नहुनु स्वाभाविकै थियो । त्यसपछि उनीले बालिकाको गुप्तांगमा हात लान थाले । त्यति भइन्जेलसम्म पनि आश्चर्य मानेकी बालिकाले कुनै प्रतिक्रिया देखाउन सकिनन् । 
फकाउँदै ईश्वरले बालिकालाई बारीको कुनामा पल्टाए । असजिलो मानेकी बालिकालाई केही हुन्न भन्दै ईश्वरले कुकार्य गरे । ईश्वरले आफ्नो लुगा फुकालेको देखेपछि ती बालिका झन् आत्तिइन्।आपूmमाथि केही नराम्रो हँुदै छ भन्ने चाल पाएपछिबालिका रुन र कराउन थालिन् । ईश्वरले उनको मुख छोपिदिए । पीडाले छट्पटाएकी बालिकाले रोएरै गुहार माग्दै थिइन् । त्यसपछि बालिकालेलगाएको हुटको डोरीले घाँटी कसिदिए । बालिका हलनचल भइन्, केही बोल्न सकिनन् । ईश्वरले आफ्नो यौन प्यास मेटाएपछि बालिकालाई उठाए । रक्ताम्मे भएकी बालिका राम्रोसँग उभिन पनि सकेकी थिइनन् । सबै घटना ती बालिकाको घरबाट करिब ढेड सय मिटर नजिकै भएको थियो । त्यसपछि ईश्वरले ती बालिकालाई घरको तगारो छेउमै पु¥याएर फर्किए । 


यता ती बालिका हराएकोमा सबै चिन्तित थिए । दिउँसोबाट हराएकी छोरीलाई खोज्न घर परिवार र गाउँले नै लागि परेका थिए । राति ११ बजेसम्म खोजतलास गर्दा पनि बालिका फेला परिनन् । भोलिपल्ट असोज २३ गते बालिका फेला परिन् तर मृत अवस्थामा । कास्की ढिकुरपोखरी गाविस–१ को आफ्नै घरको तगारो छेउ बारीमा ती बालिकाको शव फेला प¥यो । त्यसपछि गाउँलेले वडा प्रहरी कार्यालय बगरमा खबर गरे । पूmलपातीकै दिन वडा प्रहरी कार्यालय बगर प्रमुखको जिम्मा सम्हालेका इन्स्पेक्टर किशोर लम्साल घटनास्थलपुगे । 
घटनामा संलग्न रहेको आरोपमा ईश्वर र उनका एकजना साथीलाई प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि बयान सुरु ग¥यो । ईश्वरले घटना लुकाउन धेरै प्रयास गरे । तर, उनीसँगै त्यस साँझ बालिका पसल गएको कुरा खुल्न आएपछि सत्य कुरा बाहिरियो । त्यसपछि ईश्वरले घटनासरासर बताए । मदिराले मातेका उनले बालिकाको बलात्कार गरेको बयानमा पनि खुलाए । घरकाले थाहा पाउने डरले उनले ती बालिकालाई घरको तगारो छेउ छाडेका रहेछन् । जिउ धान्ने स्थितिमा नहरेकी बालिका तल्लो बारीमा लडिन् । ‘रक्ताम्मे थिइन्, उभिनै नसकेको बेला त्यही छाडेर हिँडेछ,’ प्रहरीले भने, ‘घाटीमा निल डाम पनि थियो ।’ 
ती बालिकालाई ईश्वरले नै बलात्कारपछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । ‘घटनाको वास्तविकता खुलिसकेको छ,’ उनले भने, ‘अहिलेसम्म बिदा भएको हुनाले आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाउँछांै ।’

Write a Comment

Events
Random Picks