१८ औ पोखरा सडक महोत्सव पुष १३ देखि
28-November-2016

फाईल तस्बिर : 

१७ वर्ष देखि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ( रेवान ) पोखराले अंग्रेजी नयाँ बर्षको अबसरमा पोखरा आयोजना गर्दै आएको पोखरा सडक महोत्सबको १८ औं संस्करण पनि पुष १३ देखि १७ गते सम्म सञ्चालन गर्ने भएको छ । पोखराको पर्यटकिय क्षेत्र लेकसाईडको ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सबको तयारी तिब्र पारेको सोमबार आयोजित पत्रकार सम्मेलनमा १८ औ सडक महोत्सवको संयोजनक गोपी भट्टराईले जानकारी दिए । महोत्सवलाई मनोञ्जनतात्मक बनाउन ख्यातीप्राप्त कलाकारको दोहोरी गीत, हास्य प्रस्तुती सहित चर्चित कलाकारको लाइभ कन्सर्ट हुने संयोजक भट्टराईले बताए । उनले विदेशीलाई पनि लक्ष्ति गरेर अग्रेजी गीत समेत समाबेश गर्ने बताए ।


महोत्सबमा नेपालका विभिन्न ठाउँ र विदेशबाट समेत सास्कृतिक कार्यक्रम ल्याइ प्रर्दशन गर्ने उनले बताए । उनले भारत, चीन र कोरियाको सास्कृतिक प्रस्तुतीका लागि दुतावाससँग छलफल भैरहेको जानकारी दिए । महोत्सबबाट झण्डै ९० लाख आम्दानी हुने र खर्च कटाएर १५ देखि २० लाख रुपैया बचतको अपेक्षा गरिएको छ ।

महोत्सबको अबसरमा रेष्टुरेन्टमा कार्यरत कर्मचारीविच दौड र वेटर रेस, संघसंस्था विच विविध खेलकुद कार्यक्रम, सहासिक र मनोरन्जनात्मक गतिविधिवारे बृत्तचित्र, फोटो प्रदर्शनी लगायत समावेश गरिएको उनले बताए ।

Write a Comment

Events
Random Picks