आजदेखि ३ दिने आम हड्ताल शुरु
16-December-2016

                                                        

पुष १ बुटवल । ५ नम्बर प्रदेश टुक्राउने गरी आएको संविधान संशोधन प्रस्ताव विरुद्ध आन्दोलनरत दलहरुले आजदेखि ३ दिने आम हड्ताल शुरु गरेका छन् । एमाले केन्द्रिय सदस्य खिमलाल भट्राईले आन्दोलनलाई निर्णायक बनाईने बताए ।३ दिन सम्म १२ जिल्लाका सम्पुर्ण क्षेत्र ठप्प पार्ने उनले बताए।

शुक्रबार बिहानैदेखि बुटवल लगायतका स्थानहरुमा प्रदर्शन भईरहेको छ । मंसिर २६ गतेसम्मको अल्टीमेटम दिंदै बुटवल केन्द्रित आन्दोलनको स्वरुप फेरेर आन्दोलनकारीहरुले आजदेखि फेरि कडा आन्दोलन थालेका हुन् । गुल्मी,अर्घाखांची,पाल्पा,रुकुम,रोल्पा,कपिलबस्तु लगायतका जिल्लाहरुमानिरन्तर आन्दोलन छ । गुल्मी जिल्ला प्रस्ताव दर्ता भएकै दिनदेखि निरन्तर बन्द छ ।

Write a Comment