प्रशासन कव्जा गरेपछि गुल्मीमा प्रहरी र आन्दोलनकारीबीच झडप २४ घाइते, ४ गम्भिर
16-December-2016

पुस १ ्रगुल्मी । पाँच नम्बर प्रदेश टुक्राएको विरोधमा झण्डै तीन सातादेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले नसुनेको भन्दै गुल्मीमा आजदेखि आमहड्ताल शुरु गरिएको छ । आमहड्तालपछि गुल्मी जिल्ला तनावग्रस्त बनेको हो । यसैबीच आन्दोलनकारीलाई हटाउन सुरक्षा निकायले बल प्रयोग गरे पछि झडप शुरु भएको छ । समाचार तयार पार्दा झडप जारी छ । सुरक्षा टोलीबाट अश्रुग्याँस प्रहार भई रहेको छ भने आन्दोलनकारीबाट ढुङ्गा हानहान भइरहेको छ । पत्रकारले त्यसको दृश्य खिच्न सक्ने समेत सकेका छैनन् ।

नम्बर नखुलेको एक गैरसरकारी संस्थाको सवारीमा आगजनी भएको छ ।घाइतेहरुको संख्या २४ जना पुगेको छ । जसमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।सोहि झडपमा ३ जना प्रहरी जवान समेत घाईते बनेका छन् ।घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा रेसुङ्गा अस्पतालमा उपचार भइरहेको छ ।

५ नम्वर प्रदेशको जिल्ला घोषणा गरिएको वोर्ड हिजो सम्म गेटमा थियो भने आज प्रशासनको भित्रै अग्रभागमा लगेर टाँगिएको छ । यो आन्दोलनबाट पनि सुनुवाई नभए सरकार विरुद्ध यो भन्दा पनि कडा आन्दोलन घोषणा गरिने चेतावानी संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले दिएका छन् । सदरमुकाम वाहिरको आन्दोलन पनि आक्रमक बन्दै गएको छ । सिमलटारी, मजुवा, वामीटक्सार, वलेटक्सार रिडी, पुर्कोटदह, ईस्मालगायतका प्रमुख स्थानहरुमा विशाल विरोध सभा भइरहेका छन् । सिमलटारीमा बन्दको अवज्ञा गर्ने केहि व्यक्तिहरु संग हातपातसमेत भएको स्थानिय सञ्चारकर्मी खड्ग नेपालीले जानकारी दिए ।