राष्ट्र बैंकको २० रूपैयाँको नयाँ नोट बजारमा
16-December-2016

१ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । जनावरको चित्र परिवर्तन गर्दै २० रुपैयाँको नयाँ नोट बजारमा ल्याइएको हो ।अब २० को नयाँ नोटमा १२ सिङ्गेको चित्र आएको छ ।

यसअघिको चित्र १२ सिङ्गेको हो वा होइन भन्ने बिबाद निस्केपछि राष्ट्र बैंकले नेपालमै खिचिएको जनावरको चित्र खिचेर नोट ल्याएको छ ।यो नयाँ नोट आजदेखि चलनचल्तीमा आएको राष्ट्र बैंकले जनाएको छ ।

Events
Random Picks