सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटना हुँदा ४ काे मृत्यु
3-June-2015

सिन्धुपाल्चोक, जेष्ठ १९ -

माउन्टेन एयरकाे हेलिकप्टर सिन्धुपाल्चाेककाे यमुना डाँडा गाविस- ८ काे शिला पर्वत जंगलमा मंगलबार दिउँसाे दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ४ जनाकाे मृत्यु भएकाे छ । 

स्थानीयका अनुसार कम उचाईमा रहेको उक्त हेलिकप्टर बिजुलीको हाईटेन्सन लाईनमा ठोक्किएर दुर्घटना भएको हो ।  हेलिकप्टरमा चालक सुवेक श्रेष्ठका साथ तीन चिकित्सक सवार थिए । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर भरत शर्माका अनुसार अन्यको पुरा नाम खुल्न सकेको छैन । तर दुर्घटनास्थलबाट डाक्टर सन्दिप महत नामको लाइसेन्स फेला परेको छ । त्यस्तै एक डच महिला नागरिक जेसिकाको मृत्यु भएको विमानस्थलका महाप्रबन्धक विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

 माउन्टेन एयरका म्यानेजर वसन्त भण्डारीका अनुसार 9N AJP कल साइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन सुवेक श्रेष्ठसहित ४ यात्रु थिए । उनका अनुसार हेलिकप्टरमा ३ नेपाली र १ डच नागरिक थिए ।

बिहान ७ बजे र दिउसाे १२ बजे यसै ठाउँमा हेलिकप्टरले उडान गरेकाे थियाे । तेस्राे उडानमा दुर्घटना भएकाे हाे ।  एमएसएफ नामक अाइएनजिअोले चलाएकाे स्वास्थ्य शिविरका लागि हेलिकप्टरले उडान गरिरहेकाे थियाे । मेडिकल टिमलाई लिएर फर्किँदा दुर्घटना भएकाे हाे ।

हेलिकप्टर २ बजेर २५ मिनेटमा सिन्धुपाल्चोकको बलेसीका लागि उडान भरेको थियो । 'उड्दा उड्दै ठोक्किएर (इन रुट) ३:४५ मिनेटमा दुर्घटना भएको हो,' श्रेष्ठले भने । हेलिकप्टरको एटिसीसंगको अन्तिम सम्पर्क यही समयमा भएकाले यतिबेला नै दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको हो ।
 

माउन्टेन एयरले बिहीबार बिहान र दिऊँसो गरी दुई पटक सिन्धुपाल्चोकका लागि उडान भरेको थियो । तेस्रो उडानका क्रममा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक राजन पोखरेलले जानकारी दिए । दुर्घटनापछि कम्पनीसंग अब दुईमात्र हेलिकप्टर बाँकी छन् ।

हेलिकप्टर कम उचाईमा उडाएका कारण इन रुटमा उडान भर्दाभर्दै हाइटेन्सन तारमा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ । हाइटेन्सन तार बेसबाट ३० देखि ४० फिटको उचाईको फरकमा हुने बताइएको छ । सबै मृतकलाई काठमाडौंस्थित महाराजगन्ज टिचिङ अस्पतालमा बिहिबारै ल्याइपुर्‍याइएको छ । त्यस्तै नागरिक उड्डयन प्राधिकरणले पनि विज्ञप्तीमार्फत प्राविधिक अनुसन्धानका लागि विज्ञहरु खटाइसकेको जनाएको छ ।

महाप्रबन्धक श्रेष्ठले भने अहिले नै दुर्घटनाको कारण ठोकुवा गर्न नसकिने बताए । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार यस दुर्घटनाको छानबिनका लागि समिति बनाउने छ । माउन्टेन एयरले सन् २००९ देखि आफ्नो सेवा शुरु गरेको हो । कम्पनीले पर्वतीय उडानसंगै अन्य कमर्सियल उडान र दुर्गम क्षेत्रमा उद्दार र राहतका लागि उडान गर्दै आएको छ । 

 

 

 

Related Images

Write a Comment

Events
Random Picks