पश्चिम नेपाल बस ब्यवसायी संघद्धारा शोक ब्यक्त
25-December-2016

बुटवल । पश्चिम नेपाल बस ब्यवसायी संघले एक बिज्ञप्ती प्रकाशित गरी संघका पुर्व अध्यक्ष एवं बरिष्ठ समाजसेवी गणेशमान सैंजुको निधनले संघ स्तब्ध र दुखी भएको जनाएको छ । संघद्धारा जारी बिज्ञप्तीमा सैंजु संघका पुर्व अध्यक्ष मात्र नभएर समाजसेवाका धरोहर भएको उल्लेख गर्दै सैजुको निधनले समग्र यातायात ब्यवसायीहरुलाई मर्माहत बनाएको उल्लेख गरीएको छ ।

संघका अध्यक्ष दधिराम खरेलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा गणेशमान सैजुको निधनले संघलाई मात्र होईन बुटवलको समाजसेवामा ठुलो क्षती पुगेको उल्लेख गरीएको छ ।बिज्ञप्तीमा सैंजु प्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं भनिएको छ ।

यसका साथै बिज्ञप्तीमा सोमवार देखि संघको कार्यालयमा तस्वीर राखि सैंजुप्रति श्रद्धाञ्जली दिनका लागि ब्यवस्था मिलाईने संघले जनाएको छ ।

Write a Comment

Events
Random Picks