पुस १३ बुटवल । बुटवलको तिनाउ नदी किनारामा एक पुरुषको शव फेला परेको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउसो बटवल ५ चिडियाखोलामास्थीत नदि किनारामा उक्त शव फेला परेको हो ।
स्थानियबासीले शव देखेर प्रहरीलाई खवर गरेका थिए । प्रहरीका अनुसार अन्दाजि ४० । ४२ बर्षको पहाडी मंगोलियन मुलको युवक रहेको छन् ।
प्रहरीले शवलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखेकाे जनाएको छ।