प्राविधिकतर्फको कक्षा ११ को नतिजा सार्वजनिक,४ सय ६९ जना उतीर्ण
5-January-2017

भक्तपुर, पुस २१ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले बिहीबार प्राविधिकतर्फको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । प्राविधिकतर्फ बोर्डले पहिलो पटक सार्वजनिक गरेको परीक्षाको नतिजामा कूल २१ दशमलव ५३ प्रतिशत विद्यार्थी उतीर्ण भएका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । 

प्राविधिक एसएलसी उतीर्ण गरेर प्राविधिकतर्फ कक्षा ११ मा अध्ययन गरेर परीक्षामा सहभागि भएका  २ हजार १ सय ७८ परीक्षार्थी मध्ये परीक्षामा ४ सय ६९ जना उतीर्ण भएका छन् ।
 
सरकारले नमूनामा रुपमा एक जिल्लामा एक प्राविधिक उमावि संचालन गर्ने उदेश्यले प्राविधिक एसएलसी उतीर्ण भएका विद्यार्थीलाई कक्षा ११ मा प्राविधिक विषय अध्ययन गर्ने अनुमति प्रदान गरी अनुदानसमेत वितरण गरेर कक्षा संचालन गरेको थियो । 

त्यसैगरि केही वर्षअघि शैक्षिक जनशक्ति विकास केन्द्रले १० महिना तालिम लिएर लामो समय शिक्षण पेशामा रहेका शिक्षकहरुका लागि संचालित आंशिक परीक्षाको नतिजा पनि बिहीबार सार्वजनिक भएको छ । 

आंशिक परीक्षाका रुपमा अन्तिम मौका स्वरुप लिएको परीक्षामा २ हजार ३ सय ३३ जना सहभागी भएकामध्ये ६ सय ८९ जना उतीर्ण भएका छन् । परीक्षामा २९ दशमलव ५३ प्रतिशत उतीर्ण भएको अर्यालले जानकारी दिनुभयो । 

Write a Comment

Events
Random Picks