भग्नि सम्बन्ध बनाउन बाउझी सिटीको मेयर द्धारा रामग्राम स्तुपको अवलोकन
5-January-2017

अनिल यादव,परासी पौष २२ । नवलपरासीको रामग्राम स्तुपलाई चिनको बाउझी सिटिको मेयर सिजि नेपि ले  अवलोकन गरेका छन् । बुद्धको ८ वटा अष्ट धातु मध्ये एक सिँगो अष्ट धातु भएको रामग्राम स्तुप वारे जानाकारी तथा अवलोकन गर्न मेयर सिजि आएका थिए ।

रामग्राम स्तुप र चिनको बाउझी सिटिमा रहेको स्तुप बिच भग्नि सम्बन्ध बनाउनको लागि विशेष पहल गरी रामग्राम स्तुपको समेत विकास को लागि पहलकदमी गर्ने सिजि नेपी मेयर को धारणा थियो ।भग्नि सम्बन्धको अर्थ भाईचारा रहेको कारणले सो सम्बन्ध बाट स्तुपको पनि विकास हुन सक्ने सम्भावना देखिन्छ ।


रामग्राम स्तुपको विकासको लागि ११० विगहा जग्गा अधिग्रहण गर्नु पर्नेमा के कति हाल आवश्यक रहको भन्दै सोको लागानि समेत बुझदै मेयर सिजिले विकासको लागि पहल गर्ने बताएका छन् ।
बुद्धको ८ वटा अष्ट धातु मुर्तिहरु मध्ये ७ वटा अष्ट धातु मुर्तिहरु मा ८४ हजार टुक्रा गरी विभिन्न देशहरुमा सम्राट अशोकले पठाउदै स्तुपहरु स्थापना गराएको मध्ये बाउझी सिटीमा रहेको स्तुप पनि एक रहेको रामग्राम स्तुपको जानकार बेचु गौंड को भनाई छ । 


रामग्राम स्तुप बारे अवलोकन गर्न आउनु भएका मेयर नेपि ले रामग्राम नगपालिकामा पनि प्रवेश गर्नु भएको थियो । रामग्राम स्तुप रामग्राम नगरपालिका भित्र पर्ने भएको ले नगरपालिका बाट विभिन्न कुरा बुझदै स्तुपको विकासका लागि के कति खर्च लाग्छ कार्ययोजना र प्रस्ताव बनाएर बाउझी सिटिको मेयर नेपीले नगरपालिका लाई निमन्त्रणा दिदै आँफु कहाँ बोलाएका छन् ।


त्यस्तै रामग्राम स्तुप लाई विकास तथा राष्ट्रिय अन्तराष्ट्रिय पर्यटकहरु लाई रामग्राम स्तुप अवलोकन भ्रमण गर्न सजिलो बनाइ दिन को लागि  स्ट्रेट लाईटको व्यास्थाप गर्ने रामग्राम नगरपालिका ले जानकारी गराएको छ । 


सो स्ट्रेट लाई कहाँ कुन ठाँउमा राख्न राम्रो हुन्छ भन्दै  सडक डिभिजन कार्यालय द्धारा रामग्राम स्तुप र त्यसको बाटोहरु लाई अवलोकन गराएको छ ।

 

Write a Comment