बालबालिकाहरुलाई शैक्षिक समाग्री सहयोग गर्न मुसहरहरुको आग्रह
8-January-2017

अनिल यादव/परासी, २४ पुष । जाडोले कंग्रिदै आएका मुसहर बस्तीमा विभिन्न संघ संस्थाहरुले न्यानो कपडा वितरण गरेका छन् । 
प्रकृति युवा क्लब परासी, युवा संघ नेपाल क्षेत्र नं. ६ नवलपरासी, र विवेकशिल नेपाली नवलपरासी र रुपन्देहीद्धारा मुसहर बस्तीका ४५ घरधुरी संख्यालाई न्यानो कपडा वितरण गरिएको हो।ति संघ संस्थाहरुद्धार मुसहरहरुलाई कम्बल, मेट्रेस, जकेट, सुईटर लगायतका विभिन्न न्यानो कपडाहरु वितरण गरिएको नागरिक वडा मन्चका संयोजक बच्चाराज भरले जानकारी दिए । 

न्यानो कपडा पाएपछि मुसहर समुदाय हर्षित हुदै यस कपडाले हामीलाई जाडोमा निकै ठुलो सहयोग पुग्ने आश व्यक्त गरे । नवलपरासीको गुठीपर्साैनी वडा नम्बर ३ कठहवा स्थित सयांै वर्षदेखि बसोबास गर्दै आएको मुसहर बस्ती आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र राजनितिक दृष्टिकोणले धेरै पछाडी परेका छन् । दिनचर्या चलाउन दिन्हुँ मुसहरहरु गाउँगाउँमा गर्ई जमिन्दारहरुको ज्याला मजदुरी गर्ने गरेका छन् । मुसहर बस्तीका किसानहरु साँझ विहानको छाँक टार्न मजदुरी कमाउने कामले व्यस्त भईरहँदा तिनका बालबालिकाहरु पठनपाठन समेत बाट बन्चित हुदै गएका नागरिक वडा मन्चका संयोजक राजभरले बताए ।

जाडोमा सफा सुग्धर कपडा, कलमकपी, झोलाहरु नभएकै कारण बालबालिकाहरु स्थानिय विद्यालयको पहुँचबाट टाढिदै गएछन् । मुसहर समुदायले हामीलाई लगाउने ओछयाउने कपडना पुग भयो भन्दै अब हामीलाई सहयोग गर्ने संघ संस्थाहरुले हाम्रा बालबालिकाहरुलाई विद्यालयमा पठनपाठनका लागि शैक्षिक सामाग्रीहरु सहयोग गर्न यसै संचार माध्यम मार्फत आग्रह गरे ।