लुम्बिनी अञ्चल अस्पतालमा टोकन प्रणलि सुरु, अन्य सुबिधाहरु पनि थपिदै छ ः अस्पताल
11-January-2017

आचार्य प्रदीप /  बुटवल पुस २८ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा टोकन प्रणालि मंगलबार बाट सुरु भएको छ । अस्पतालमा टिकट लिनेको भिड व्यवस्थापन गर्न तथा अस्पतालमा धेरै बिरामीहरुलाई सेवा दिन टोकन प्रणलि सुरु गरिएको अस्पतालले जनाएको छ  ।


स्थान हुदाँ टिकट लिन भिड लाग्ने समस्या कम गर्न यो सेवा सञ्चालनमा आएको लुम्बिनी अञ्चल अस्पतालका सुचना अधिकारी लक्ष्मीराज रेग्मीले जानकारि दिए । उनले  बहिरङ्ग ( ओ पि डि ) सेवा टिकट लिन तथा बिल तिर्नको लागी सहयोग पुग्ने बताए ।


४ लाख बराबरको सो मेशिनको ५ वटा डिस्प्ले राखिएको बताउदै उनले २÷४ महिना पश्चात ओ पि डि मा समेत यो प्रविधि सुरु गरिने समेत उनले जानकारि दिए । उनले भने – ‘ हामीले प्रविधि संगै बस्नको लागी बेन्चको समेत व्यवस्था गरेका छौ । यसले गर्दा टिकट काट्दा काउन्टरमा २÷३ जना मात्र हुन्छन । यसले डाक्टर र बिरामी दुबैलाई सजिलो हुन्छ । ’


दैनिक रुपमा ५ सय जनाको हाराहारिमा बिरामीहरु आउने अस्पतालमा बालवालिका , महिला तथा बुद्व–बृद्वा लगायतलाई सहयोग यो टोकन प्रणालि ले सहयोग पुगेको उनले जानकारि दिए ।
१२ बजे पश्चात टिकट नपाईने हुँदा कम मात्र बिरामीहरु आउने गरेको जानकारि दिदै यो प्रणालि पश्चात धेरै बिरामीहरु आउने अस्पतालले विश्वास गरेको रेग्मीले बताए ।अस्पतालमा गतवर्ष डेढ लाख बढि बिरामीहरुले सेवा लिएको अस्पतालले जानकारि दिएको छ ।


अस्पतालको वार्षिक योजना


अस्पतालले वार्षक योजना अन्तर्गत बिभिन्न कार्य गर्ने भएको छ । हाल अस्पतालले बिना बिना चिरफार अप्रेसन सेवा ( दुरबिन अपरेसन )सुरु गरेको छ । यसबाट पित्त थैलिको, एपेन्डीसको प्वाल पारेर अपरेसन गर्न सकिने छ ।
अस्पतालले यो आर्थिक बर्ष भित्रमै नयाँ ओपिडि सुरु गर्ने रेग्मीले जानकारी दिए ।नयाँ ओपिडिमा मानसिक रोगीका लागी लाभदाएक हुनेछ । त्यस्तै मुटु रोगकिो लागी मुटु रोग बिभाग समेत निर्माण भईसकेको छ ।
जिर्ण बन्दै गएका अस्पतालका भवन निर्माणका कार्यहरु सुरु भईरहेको छ ।नेपाल सरकारको बहुवर्षिय योजना मा प्रसुति गृह निर्माण हुने समेत अस्पतालका सुचना अधिकृत रेग्मीले जानकारी दिए ।


सेवा दिदै गुणस्तर बृद्वि संगै बिकास निर्माणका कार्यहरु गर्दै जाने अस्पतालका सुचना अधिकृत रेग्मीले जानकारी दिए । उनले भने – ‘ बिगतका वर्षहरुमा केहि पछाडि रहेको यस अस्पतालले विकास निर्माणका कार्यहरु संचालन गर्दैछ । अवको दिनमा अस्पतालले फड्को मार्छ । ’