वरिष्ठ पत्रकार उपाध्यायको ९४ वर्षमा निधन
11-January-2017

पुस १८, काठमाण्डौ ।  वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ।

९४ वर्षिय नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका उपाध्यायको बुधबार राति ८ बजे गंगालाल अस्पतालमा निधन भएको हो। 

नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र बिष्टले हृदयाघातबाट उपाध्यायको निधन भएको जानकारि दिए। 


उपाध्यायको अन्तिम संस्कार बिहीबार बिहान पशुपति आर्यघाटमा हुने उनले फेसबुकमा उल्लेख गरेका छन्। 


उपाध्याए समाज दैनिकका सम्पादक थिए। गत वर्ष मंसिरमा नै हृदयाघात भएपछि उपाध्यायलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो। 

Events
Random Picks