आज देखि श्री स्वस्थानी ब्रतारम्भ
11-January-2017

पुस २८ काठमाडौं । आज  देखि श्री स्वस्थानी ब्रतारम्भ भएको छ । भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको ब्रत बसी पूजा आराधाना गरी कथा सुन्ने र सुनाउने गरिन्छ ।

अष्ट मातृका अर्थात आठवटा देवीको विचमा रहनुभएकी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमा का दिन समापन गरिन्छ । 

महिला या पुरुष जो भए पनि समान रुपमा यस व्रतकथा श्रवण महिनाभरि व्रत लिन सकिन्छ, यसरी व्रत लिँदा एक छाक मात्र चोखो गरेर खाने र अर्को छाक कन्दमुल या फलफूल सेवन गर्ने चलन छ ।
यतिबेला श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको ब्रत बसी पूजा आराधाना गरी कथा सुन्ने र सुनाउने गरिन्छ । 


एक महिना सम्म एक भक्ति रहि स्वचित्त आत्मा लिएर ब्रत बसेमा ब्रतको फल अबस्य मिल्छ भन्ने मान्यता पनि रहेको छ।

माघ महिना अतिनै पूण्र्य महिना भएकाले यस महिनामा बिषेष गरी मकर स्नान त्रिबेणी स्नान गर्न सकियो भने मात्र पनि जानि नजानी गरेका पाप नष्ट भई अन्तय मा शिबलोक प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ।

Events
Random Picks