ससुरा आफ्नै बुहारीको पति बनेपछी
4-June-2015

जक्सन डटकम स्याङ्जा,जेष्ठ २१/ आफ्नै बुहारी शितली गोदारको गर्भमा शिशु उनकै १४ वर्षीय छोरासँगको सम्बन्धबाट बसेको बताउने ससुरा नै बुहारीका पति ठहरिरिएका छन् । जिल्ला अदालत स्याङ्जाका न्यायधीश चिन्तामणी बरालको एकल इजलासले ससुरा तिलबहादुर गोदारलाई शितलीका पति प्रमाणित गर्दै मासिक ४ हजार र अंश समेत दिने निर्णय सुनाएपछि उनले न्याय पाएकी हुन् ।

अदालतको सो निर्णयसँगै डेढ वर्षदेखि नाता कायम र अंश मुद्धा लड्दै आएकी ४० वर्षीया शितलीलाई न्याय मिलेको छ । अदालतको निर्णपछि उनका अबोध छोरालाई राहत मिलेको छ ।

रोजगारका लागि पति विदेशिएपछि ससुरासँगको शारीरिक सम्बन्धपछि रहेको गर्भ फ्याक्न ससुराले पोखरासम्म लिएर गएको पनि खुलेको छ ।

प्रहरीले हिरासतमा हुँदा दुबैले शारीरिक सम्बन्ध स्वीकारेको अवस्थामा शितलीले एकाएक बयान फेरेर गर्भ आफ्नै १४ वर्षीय छोरासँगको शारीरिकसम्बन्धबाट जन्मेको बताएकी थिइन् ।

तर, सो कुरा प्रहरीले पनि पत्याएन । ससुरा बुहारीले आफूहरुको सम्बन्ध नकारी १४ वर्षीय छोरालाई दोषी बनाएपछि वालिङबासी आन्दोलित भएका थिए ।

पटक पटक बयान फेरेकी शितलीले गाउँलेको आन्दोलन र प्रहरीको अनुसन्धानपछि ससुरासँगको यौनसम्बन्ध स्वीकारिन् । सुन्न र पत्याउनै नसकिने यो घटनाले लगातार ५ दिनसम्म वालिङ नगर तताएको थियो ।

खिलुङदेउराली गाविसका ६५ वर्षीय तिलबहादुर गोदारका यसअघि नै दुईवटी पत्नी छन । यो घटनापछि उनी भागेर वेपत्ता भएका छन् ।

एक वर्षअघि शितलीको गर्भबाट छोरीको जन्म भएको छ । तर, छोरीको न्वारान अझै हुन सकेको छैन । विदेशमा रहेका शितलीका पतितर्फ यसअघि एक छोरा एक छोरी छन् ।

Write a Comment