जुवा खेल्दाखेल्दै जेलको बास
4-June-2015

जक्सन डटकम,पोखरा २१ जेठ /पोखरा उपमहानगरपालीका वडा नम्बर ८ नागढुंगा नागवेली टोलमा जुवा तास खेली रहेका  ७ जनालाई करिब ३ लाख सहित कास्की प्रहरीले पक्राउ गरेको छ । स्थानीय शुसिला गुरुङको घरमा जुवा तास खेली रहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रही कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीहरुले तास १६ गड्डी, कौडा ३६ थान र नगद २ लाख ८४ हजार ६ सय १५ सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनिहरुलाई जुवा मुद्वामा म्याद थप भई अनुसन्धान भैरहको प्रहरीले जानकारी दिएको छ ।

प्रक्राउ पर्नेमा धादिङ जिल्ला ढोला १ घर भई हाल पोखरा ८ नयाँबजार बस्ने बर्ष ५४ को रुद्र प्रसाद खनाल, ओखलढुंगा घर भई पोखरा १० रामबजार बस्ने ४३ वर्षिय नारायण प्रसाद शाक्य, धादिङ घर भई पोखरा १४ चाउथे बस्ने ४० वर्षिय गुञ्जमान तामाङ, सोही ठाउँका ३६ वर्षि शिव दवाडी, स्याङजा घर भै पोखरा ८ नागढुंगा बस्ने ४३ वर्षिय शुसिला गुरुङ, पर्वत घर भै पोखरा ३ नदीपुर बस्ने ४१ वर्षिय मोतीराम खाती र पोखरा १ बगर बस्ने ४० वर्षिइ शैलेन्द्र सापकोटा प्रक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

 

Write a Comment

Events
Random Picks