पोखराको दोविल्ला खोलामा डुबेर एक जनाको मृत्यु
4-June-2015
जक्सन डटकम,जेठ २१ । पोुखराको दोबिल्ला खोलामा डुबेर एक जनाको ज्यान गएको छ । खोलामा डुवेर पर्वत खौलालाकुरी ५ घर भएका बर्ष ५७ का ऋषिराक पौडेलको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

दिउसो एक बजे पोखरा १७ दोविल्ला खोलामा हामफालेर हराई रहेका उनको खोजीको क्रममा मृत भेटिएको प्रहरीले जनाएको छ । पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराका सहायक गणपति प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अर्यालको कमाण्डमा खटिएको रेस्क्यु टोलीले खोजतलास गर्दा शब फेला पारेको हो ।

Write a Comment