सुनको भाउ अझै बढ्ने
18-January-2017

काठमाडौं, माघ ५ । पुस महिना लागेदेखि बढेको सुनको भाउ अझै महंगिने सुनचाँदी व्यवसायीले बताएका छन् । सुनको भाउ बढेर बुधबार तोलामा ५५ हजार ५ सय रुपैयाँ पुगेको छ । यो फाइन गोल्ड अर्थात ९९ दशमलव ९९ प्रतिशत शुद्धता भएको सुनको भाउ हो ।  

बुधबार ९९ दशमलव ५० प्रतिशत शुद्धता भएको सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेको छ । मंगलबार ५५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ ५५ हजार २ सय रुपैयाँ पुगेको हो ।

बजारमा दुई थरीका सुनको कारोबार हुन थालेपछि उपभोक्ता अन्यौलमा परेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनको शुद्धताका आधारमा दुई थरीको भाउ तोकिएको हो ।

यस्तै बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी तोलाको ८ सय रुपैयाँ छ । 

Write a Comment

Events
Random Picks