६ महिनाबाट बृद्धाआश्रममा जिउदो लाश झै बाचिरहेका पुर्ण वहादुरकालागी सहयोगी हात खोज्दै भागवत
4-June-2015

ज्ञानु पंगेनी,नवलपरासी  जेष्ठ २१/ सिरानीको नाउमा कालो कम्मल , शरीर ढाक्ने कपडाकामा कालै च्यादर , अरु केहि छैन । सेतै कपाल , सेतै दाह्री शरिभरी लामखुट्टेले टोकेर रातैरातो विविरा छिनछिनमा कन्याई मात्र रहन्छन । काठको सानो खाट अनि खाटमाथी सानो म्याट्रेस त्यहि माथी मुढो लडेझै लडिरहेका छन करीब ५५ ÷ ६० वर्षका पुर्ण वहादुर कुमाल । वरपर जुठो असरल्तै , माखा भन्केका, कोठामा दुर्गन्ध दिशा पिसावको ,जो कोहि वरपर जान पनि सक्दैनन ।

विगत ६ महिनाबाट वहाको दैनिकी यस्तै वातावरणमा वितिरहेको छ नवलपरासीको कावासोती १२ पिठौलीमा रहको लक्ष्मीनारायण मन्दिर तथा वृद्धाआश्रममा । वुर्ण वहादुरको आफ्नो मान्छे नभएका पनि होईनन तर भएर पनि अहिले वेसाहारा भएर आश्रममा जिउदो लाश झै भएर बाच्नु परेको छ । दिनप्रतिदिन वहाको मानसिक अवस्थामा समेत असर देखिन थालेको छ ।

gyanu news 2

नवलपरासीको कावासोती नयागाउ घर भएका कुमाल सानैमा आमा वितेपछि दाजुसंगै बस्नुभएको थियो । वहालाई आफनो उमेर कति हो भन्ने पनि थाहा छैन । विवाह भएपनि श्रीमतीले छाडेर गएपछि वहा एक्लै हुनुभयो दोश्रो विवहा पनि नगरि बस्नुभएका कुमाल पछिल्लो केहि वर्ष अरुका घरमा काम गर्दै जिवन धान्दै आउनुभएको थियो । वहाको नाममा भएको जग्गा जमिन पनि दाजुले लिएको कुमाल बताउनुहुन्छ । अरुको घरमा नै काम गर्ने क्रममा चोरमारामा बस्दै आउनुभएको कुमालको करीब ८ महिना अघि रुखबाट लडेर खुट्टा भाचिएपछि वहा ह्डिन नसक्ने हुनुभयो त्यसपछि वहालाई हेर्ने कोहि पनि भएनन ।

काम गर्न नसक्ने भएपछि कस्ले पाल्ने ? भाचिएको खुट्टा औषधि गर्न पैसा पनि नभएपछि वहाको खुट्टाले काम नै गर्न छाड्यो । चोरमारामा कहिले चौपारी , कहिले प्रतिक्षालयमा दिनरात विताउन बाध्य बन्नुभएका कुमाललाई केहि समयपछि दाजुको छोरीले भरतपुरमा लगेर उपचार गराएपनि निको नभएपछि छोरी सहित ६ महिनाअघि गाउले सबै मिलि आश्रममा ल्याएर छाडेको आश्रमका संरक्षक भागवत शरण बताउनुहुन्छ ।

विगत ६ महिनादेखि आश्रमको एउटै कोठामा त्यहि खाने त्यहि दिशापिसाव गर्ने गर्नुहुन्छ वहा, शौचालयसम्म पनि वहा पुग्न सक्नुहुन्न । अरुको दान र सहयोगबाट चलिरहेको आश्रममा सबै असक्त वृद्धवृद्धाहरु वहालाई स्याहार गर्ने सकले ? तरपनि दिशा पिसावलाई पानी हालेर सफा गर्ने गरेको संरक्षक भागवत शरण बताउनुहुन्छ ।

दिशा पिसावका लागी बाहिर जान नसक्ने हुदा कपडा लगाइदिदा कसले सफा गर्ने भनि कपडा पनि नलगाईदिएको , ओछ्यान पनि नविछ्याईदिएको वहा बताउनुहुन्छ । मानसकि रुपमा पनि वहाको मनोबल धेरै कमजोर भएका कारणले कुमाल उठेर बस्न पनि नसक्ने भएको वहाको बुझाई छ , “यदि कोहि सहयोगी हातहरु भेटिएमा कुनै राम्रो अस्पतालमा लगेर उपचार गराउन पाए यिनको स्वास्थयमा केहि सुधार आउने थियो कि , खुट्टा ठिक हुने थियो कि ? उपचारबाट हिडडेल गर्न सकेर शौचालयसम्म गएर दिशापिसाव गर्न सके पनि धेरै सजिलो हुने थियो । ” भागवतले भन्नुभयो ।

“ झुल किन्ने पैसा पनि नहुदा झुल पनि लगाईदिन पाएको छैन । लामखुट्टले टोकेर फेरी अर्को रोग लाग्छ कि भन्ने चिन्ता पर्न थालेको छ । झुलसम्म लगाईदिन पाए लामखुट्टेले टोक्ने थिएन । धेरैसंग पुर्ण वहादुरको बारेमा भने कहिकतैबाट सहयोग पाउन सकेको छैन । के गर्नु त्यहि पनि कोहि त निस्कन्छन सहयोग गर्ने भन्ने आशमा बसेका छु । अब भगवान कृपा जे गर्छन उनैले गर्छन । ” भागवले यसरी दुख पोख्नुभयो ।

Events
Random Picks