६ जिल्लामा ग्यासको भाउ घट्यो
19-January-2017

माघ ६, बुटवल । नेपाल आयल निगमले ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटाएको छ ।  

घटेको मूल्य अनुसार अब  रुपन्देहीमा १३ सय ५  रुपैयाँमा पाइृने ५ भने दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरमा अब प्रतिसिलिण्डर १२ सय ७५ रुपैयाँमा सिलिण्डर पाइने आयल निगमले जनाएको छ ।

यी जिल्लामा ग्यासको ढुवानी लागत कम परेकाले भाउ घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।  अहिले भारतको मथुरा रिफाइनरीबाट ग्यासको आपूर्ति बढेकाले यी जिल्लामा ढुवानी लागत कम परेको हो ।

यी जिल्लामा ग्यासको भाउ घटे पनि अन्त भने नघट्ने प्रवक्ता खनालले बताए ।  अरु जिल्लामा ग्यास प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँ छ । उनका अनुसार निगमले ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा घाटा व्यहोर्दै आएको छ  ।

Write a Comment