विदेशी विद्यार्थीको अनुसन्धान केन्द्र ः जगदीशपुर ताल
20-January-2017

पुजा पन्थी / बुटवल , माघ ७ ।  ५ नम्बर प्रदेशकोे कपिलबस्तु जिल्ला , निग्लीहवा गाउँ विकास समिति । सोहि गाविसमा अवस्थीत छ जगदिशपुर ताल । तौलिहवा देखि करीब ११ किमी उत्तर निग्लिहवा गाविसमा पर्र्ने जगदिसपुर ताल । 


चरा–चुरुङ्गीको अवलोकन संग संगै तालको सुन्दरताको अवलोकन गर्न प्रवेश निशुल्क रहेको स्थान हो जगदिसपुर ताल ।  जगदिसपुर ताल, जगदिसपुर गाउँको नामबाट नामाकरण गरीएको हो । जगदिसपुर  ताल बि.सं २०३० सालमा स्थापना भएको हो ।
१५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रुपमा बनाईएको नेपालकै सबैभन्दा ठूलो ताल हो । चरा र जैविक विविधताका कारण सन् २००३ मा ताल अन्तराष्ट्र्रिय सिमसार क्षेत्रमा सुचिकृत भईसकेको छ । सो ताल को सम्पुर्ण परिक्रमा गर्नको लागी ५ किलोमिटर रहेको छ ।  तालमा तालको मनोरञ्जन संगै १ सय ६७ प्रकारका चराहरु रहेका छन् । 
यो तालको एक स्थानबाट तालमा पाईने १ सय १६ प्रकारका चरा चुरुङ्गी एकैसाथ देख्न सकिन्छ । 
गतवर्ष को गणनामा १९ हजार रहेका चरा संख्या यो वर्षको गणनामा २० हजार चराहरु सो ताल क्षेत्रमा रहेका छन् । 
चराको स्वर्ग भनिने जगदिशपुर ताल  सफा मौषम र उपयुक्त वातावरण पाएपछि चरा नेपालको तराई तिर लोभिएका छन् ।  कैलो टाउके, मालक, काली जुरे र जलेवा पनि तालमा चारै देखिन्छन् । विजुला गैरी, खड्खगे, सुनजुरे, सिन्दुरे र चखेवाचखेवी पनि बाक्लिएका छन् । 
तालमा दुर्लभ प्रजातिका चील, महाचील, सारश पनि रहेका छन् । बनक्षेत्रमा बढी बस्ने फिस्टा प्रजाति को चरा पनि जगदीसपुर तालमा पाईन्छ । घा“से मैदान मनपराउने ट्याकटयाके र टिकटिक पनि जगदिशपुर आएका छन् ।उत्तरी क्षेत्रमा बढी चिसो हुने हुदा छल्न नेपाल तिर आउन गरेका छन् । 
यहा साईबेरिया, रुश, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तन र किर्किस्तानबाट चरा आउने चराविद् दिनेश गिरीले बताए । उनका अनुसार ४ देखि ५ हजार माईल उडेर चरा यहा आउछन् । धेरै चरा सिधै उडेर ३÷४ दिनमै पुग्छन् उनले भने कतिपय रोकिदै साता सम्मै यहा पुग्छन् । 
नेपालमा पाईने ८ सय ७९ प्रजातिका मध्ये यहा १ सय ६७ बढी प्रजातिका चरा पाईन्छन् । विश्व दुर्लभ मानिएका ११ प्रजातिका चरा सजिलै देख्न पाईने पंक्षी संरक्षण संघले जनाएको छ । तालमा नील टाउके, श्वेताखीभौ, खोया, फिस्टा, जलअप्सरा र सुनजुरे हा“स प्रसस्त देख्न पाईन्छ । तर बेल्चा ठु“डे, नादुन र फुर्के हा“स घटदै गएको चराविद् डा. बरालले जानकारि दिए । 
स्वेदेशी तथा बिदेशी पर्यटकहरु समेत भ्रमणको लागी आउने गरेको स्थानीय वासिन्दा मनोज पौड्लले जानकारि दिए । 
पर्यटकिय हिसाबले पनि महत्व बोकेको यस तालमा सोचेजति पर्यटकहरु भने भित्राउन सकिरहेको छैन । 
यातायात जस्तो आधारभुत सामाग्री नहुँदा सोचेजति पर्यटक भित्राउन सकिरहेको छैन् । 
यस्ता पर्यटकीय संभावना बोकेको क्षेत्रको प्रसार प्रचार प्रचार आवश्यक रहेको स्थानीय वासी को भनाई छ । 

 

Write a Comment

Events
Random Picks