दैनिक सयौ टन फलफुल भित्रन्छ
24-January-2017

पुजा पन्थी / माघ ११, बुटवल । स्वदेशि उत्पादन नहुँदा बुटवलमा दैनिक रुपमा बिदेशबाट सयौ टन फलफुल भित्रिरहेको छ । स्वदेशमा एत्पादन नहुँदा बिदेशबाट आयात गर्नुपरेको लुम्बिनी फलफुल संघका अध्यक्ष उजिर शाहाको भनाई छ । फलफुलको क्षेत्रमा सबै भन्दा बढि चाईनिच स्याउ भित्रने गरेको उनले जानकारी दिए । 

स्वदेशि सामाग्री नहुँदा स्वदेशि र बिदेशि फलफुलमा तुलना गर्न नसकिएको बताउछन बुटवल कृषि उपज थोक केन्द्रका अध्यक्ष कलाधर पन्थी ।  उनका अनुसार चाईनिज स्याउ दैनिक ५० टन भित्रिरहेको छ ।
त्यस्तै  भारतमा उत्पादीत अङगुर दैनिक रुपमा ३० टन भित्रिरहको छ । भारतिय सामाग्री किमु पनि दैनिक रुपमा ३० टन भन्दा बढि भित्रिने गरेको उनले जानकारी दिए । 


अन्य फलफुलको तुलनामा अनार महङ्गो हुनाले भारतिय अनार दैनिक रुपमा १० टन को हाराहारीमा भित्रने गरेको उनले जानकारी दिए । कृषि उपज थोक केन्द्र बुटवलका अध्यक्ष पन्थी भन्छन – ‘ फलफुलको खपत ठिकै छ । समग्र १ करोड बराबरको कारोबार हुने गरेको छ । लुम्बिनी अञ्चल सबै, गण्डकी अञ्चलको दक्षिणी भाग , राप्ति अञ्चलको पूर्वि भाग  यो बाहेक बजार मूल्यको आधारमा काठमाडौ , चितवन, कोहलपुर, धरान, धादिङ , आदि ठाउँमा पनि जान्छ । ’
नेपालमा कृषि उपज देश भए पनि केहि उत्पादन गर्न नसक्दा सबै चिज बाहिर बाट ल्याउनु पर्ने र वाहिरको मुख  ताक्नु पर्ने बाध्यता किसानहरुको रहेको उनको भनाई छ । उनि भन्छन –‘ नेपालमा स्याउ मात्र ०.०२ प्रतिशत उत्पादन हुने गरेको छ, त्यसैले बाध्यता नै छ फलफुल खरिद गर्ने ।’

लुम्बिनी फलफुल संघका  शाह  भने अहिले बजारमा फलफुलको बजार सय प्रतिशत ले नाफमा गईरहेको बताउछन् । विवाहा,व्रतवन्धको सिजनले गर्दा फलफुलको कारोवार निकै राम्रो रहेको उनको भनाई छ । 

उनि भन्छन – ‘ सुन्तला, स्याउ र केरा नेपालको उत्पादन हुन भने स्याउ भने दशै भरिलाई मात्र हुने हुदाँ स्याउ चिन, अंगुर र अनार इण्डिया बाट आउने गर्दछ । अनार खेति अहिले पाल्पामा सुरु हुदैछ । यति सरकार र सम्बन्धित निकायको ध्यान यसमा जान सक्यो भने र उतपादन राम्रो भयो भने अनार वाहिरबाट ल्याउनेमात्रा कम गर्न सकिन्छ । ’

 

Write a Comment