भिम अस्पतालमा रेबिज भ्याक्सीन अभाब
25-January-2017

आचार्य प्रदीप / बुटवल माघ १२ । भैरहवाको भिम अस्पतालमा रेबिज भ्याक्सीन को अभाव भएको छ ।

घर पालुवा एवम बाहिरी जनावरहरुको टोकाई पश्चात लगाउने भ्याक्सीन बिगत ५ दिन देखि अभाब भईरहेको अस्पतालका सुचना अधिकारी सर्वजित बरईले जानकारी दिए ।

भ्याक्सीन नहुँदा ५ दिनमा ३५ जना बढि बिरामी फिर्ता भएको उनले बताए । अस्पतालमा वार्षिक रुपमा १ हजार ६ सय भन्दा बढि रेबिज भ्याक्सीन लगाउनु पर्ने बिरामीहरु आउने गरेको उनले जानकारी दिए ।

१ जनालाई डोज पुग्न तथा भ्याक्सीनले काम गनृको लागी ५ पटक भ्याक्सीन लगाउनु पर्ने उनले बताए । यता क्षेत्रिय मेडिकल स्टोर बुटवलले पनि सोमबार बाट रेबिज भ्याक्सीन सकिएको जनाएको छ ।

स्टोरका कार्यmय प्रमुद नारद प्रसाद सहानीका अनुसार केन्द्रबाट नै नआएको र आउन अझै बढिमा १२ दिन दाग्न सक्ने बताए ।  स्टोरमा मासीक रुपमा ५ हजार भ्याक्सीन खपत हुने गरेको उनले जानकारी दिए ।

 

Write a Comment