चौथों ब्रेज मेश्रोंं अवार्ड गुरुङलाई
2-February-2017

श्रीभद्र पौडेल


घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रोंं अवार्डबाट यस वर्ष घान्द्रुक ५ कि घनमाया गुरुङ सम्मानित भएकी छन् ।

मंगलवार घान्द्रुक समाज हङकङले पोखरामा एक कार्यक्रमको आयोजना गरी ७१ वर्षे बृद्घ गुरुङलाई ताम्रपत्रमा सम्मानपत्र, दोसल्ला, अविर र नगद रु.६० हजारले सम्मान गरेको हो । उनलाई गाँऊको स्थानिय शिशु स्याहार केन्द्रमा स्थापनाकालदेखि निरन्तर २३ वर्षसम्म सेवा गरेको भन्दै सम्मान गरिएको बताइएको छ ।यसपटकको सो अवार्ड चौथो संस्करणको हो ।


 प्रत्तेक दुई वर्षको अन्तररालमा प्रदान गरिने अवार्डबाट पहिलोपटक घान्द्रुक समाज हङकङका पुर्व अध्यक्ष राजबहादुर गुरुङ, दोस्रोपटक मेश्रम बराह माविका शिक्षक कृष्णप्रसाद पौडेल र तेस्रोपटक नयाँपुल– घान्द्रुक सडक निर्माण समितिका भक्तबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।


       

कार्यक्रममा बोल्दै ब्रेज मेश्रोंं घान्द्रुक समाज जापानका अध्यक्ष बुद्घिबहादुर गुरुङले सामाजिक कार्य गर्नेहरुलाई सधै सम्मान र हैसला प्रदान गर्नुपर्ने बताउर्दै गुरुङको सम्मानले सोही कुरा झल्काएको बताए ।
समाजसेवी इमानबहादुर गुरुङले आफ्नो गाँउको माटोलाई माया गर्ने आमालाई यसपटक सम्मान गरिएको टिष्पणी गर्दै गुरुङको सम्मानमा सबै घान्द्रुके खुसी हुनुपर्ने भनाई राखेका थिए ।उनले २३ वर्षसम्म बालबालिकाको स्याहारसुसार गर्ने कार्य निकै कठिन भएको जनाउर्दै असल अविभावकलाई सम्मान गर्नु युवा पिडीको दायित्व भएकोमा जोड दिएका थिए ।


घान्द्रुक समाज हङकङका नेपाल संंयोजक अमृत गुरुङ लामाले सेवा नै धर्म भएकोले सबैले सामाजिक कार्यलाई सेवाकै नजरबाट हेर्नुपर्ने बताउदै सम्मानित गुरुङको दिघार्युको कामना गरेका थिए ।उनले घान्दु्रकेहरुलाई जहाँ रहेपनि आफ्नो गाँउको पहिचानसँग जोडिई कार्य गर्न सुझाव पनि दिएका थिए ।


सम्मानित व्यक्ति गुरुङले सम्मानले आफुलाई खुसी र केही गर्ने जोशजागर थप्न हैसला प्रदान गरेको भनाई राख्दै आयोजक घान्द्रुक समाज हङकङलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । घान्द्रुक समाज हङकङका सदस्य तिलक गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम समाजका नेपाल संयोजक अमृत गुरुङ लामाले संचालन गरेका थिए ।

Related Images

Write a Comment

Events
Random Picks