प्रभु अधिकारीलाई यातायात पत्रकारिता पुरस्कार
8-February-2017

पत्रकार प्रभु अधिकारी यातायात पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट यातायात सम्बन्धि समाचार संप्रेषण गरी योगदान पुर्याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिको सोमवार आयोजित ४५ औं वार्षिकोत्सव कार्यक्रममा उनलाई नगद १० हजार सहित सम्मानपत्र प्रदान गरियो । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका कार्यवहाक अध्यक्ष डोलनाथ खनाल र पृथ्बी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले पुरस्कार राशी सहित सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मानित भएपछि वोल्दै पत्रकार प्रभु अधिकारीले पुरस्कारले आगामी दिनमा अझै काम गर्न तर्फ अभिप्रेरित गरेको वताउदै आगामी दिनमा अझै सशक्त भएर पत्रकारितामा लाग्ने वताउदै यातायात क्षेत्रमा देखिएका बिसंगति हरुलाई हटाउनुपर्नेमा जोड दिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसकाआधारमा अधिकारीलाई सम्मान गरिएको हो ।

अधिकारी गोल्डेन आई टेलिभिजनका संवादताता हुन् । पोखरामा रहेर पत्रकारिता मार्फत यातायात क्षेत्रमा योगदान पुर्याउने एक जनालाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ । पृथ्बी राजमार्ग बस सञ्चालक समितिद्धारा स्थापित पुरस्कारबाट यसअघि पत्रकार गोकुल बानियाँ र सुरेन्द्र पौडेल सम्मानित भैसकेका छन् ।

Write a Comment

Events
Random Picks