गोरु काटेर खाएकोे आरोपमा ५ जना पक्राउ
9-February-2017

पर्वत, माघ २७ – गोरु काटेर खाएको आरोप पर्वतको धाइरिङ–८ बाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गोरु काटेर खाएको सूचनाका आधारमा प्रहरीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले धाइरिङ–८ का झिल्के दर्जी, छवि परियार, सन्तु दर्जी, आइते दर्जी र नरबहादुर दमाई लाई नियन्त्रणमा लिएको हो । उनीहरुले मंगलबार गोरुको बध गरेको आरोप रहेको प्रहरी नायव उपरीक्षक शेखर खनालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले आरोपित पाँचै जनालाई पर्वत जिल्ला अदालतमा गौबध कसुर ऐन अनुसार मुद्दा चलाउने तयारी गरेको छ । 

Write a Comment

Events
Random Picks