गोबर जाच्ने यन्त्रको अभाव
12-February-2017

बुटवल, १ फागुन ।रुपन्देहिको धकधईमा रहेको पशु सेवा केन्द«मा पशुको गोबर जाँच्ने यन्त्र माईक्रोस्कोपको अभावमा पशु पालक कृषक मर्कामा परेका छन् ।

माईक्रोस्कोपको अभावमा पशुको जाचँ गराउन पशु सेवा केन्द«मा पशुपालक आउने गरे पनि यसको अभावमा सेवा बाट बञ्चित गरेको कृष्कहरुले बताएका छन् ।


धकधई पशु सेवा केन्द«को कमान्ड एरिया धकधई,पजर कट्टि,पोखरा भिन्डी,बोदवार,छिपागढ,र पटखौली गाविस आसपासका कृष्क वोवर जाँच गराउन यहाँ आउने गरेको पशु सेवा प्राविधिक ओम प्रकाश ठाकुरले बताउनुभयो । पशु सेवा प्राविधिक ठाकुरका अनुसार पशुको रोग पत्ता लगाउन गोवर जाँच गर्नु पर्ने हुँदा यसको प्रविधिको अभावमा चेक जाँच गर्न समस्या परेको छ ।


किसानले पालेको पशु बिरामी भएमा रोकथामका लागि समेत कुन औषधी प्रयोग गर्ने भन्ने पहिचान  हुन सकेको छैन् । जसका कारण यस क्षेत्रका पशु मर्ने क्रम बढेको छ । आठ महिना देखि यो मेसिन कार्यलयमा छैन् । किसान सधैँ आउने फकर्ने काम मात्र भईरहेको भन्दै धकधई सेवा केन्द«ले दैनिक जिल्ला पशु कार्यलय रुपनदेहिमा गुनासो गरेको छ ।

जय वैष्णो गाई फार्मका सञ्चालक शम्भु यादवले माईक्रोस्कोपको अभावमा बिरामी भएका गाई भैसि मर्ने गरेको गुनासो सहयोगको लागि जिल्ला पशु कार्यलय रुपन्देहिलाई अनुरोध  गर्नु भएको छ । हजारौ रुपैया हालेर ल्याउने र छोरा छोरी झै पालेर हुर्काएका पशु जाँचकै अभावमा मर्दा साह्रै दुखी बनाएको सञ्जीवनी गाई फार्मका सञ्चालक जय प्रकाश यादवले दुखेसो सोख्नु भयो । यादवले भन्नु भयो कसरी किसानी गर्ने? सरकारले उपल्बध गराउने सहयोग समेत समयमा आउदैन ।आफैले ऋण खोजेर जोडेका गाई भैसि समेत औषधी उपचार बिना मरेर सकिए ।


यस विषयमा जिल्ला पशु कार्यलय रुपन्देहिका पशु विशेषज्ञ डा.प्रदिप शर्माले धकधई सेवा केन्द«ले माग गरेको खण्डमा गोबर जाँच गर्ने यन्त्र माईक्रो स्कोप उपल्बध गराउन सकिने भन्दै सेवा केन्द«बाट माग नै नभएको दाबी गर्नु भयो । सरकारले बजेट भाषणमा किसान र कृषकको नाम धेरै पटक जप्ने गरे पनि व्यवहारिक रुपमा किसानकने समस्या समाधानको लागि आर्थिक र प्रविधिक सहयोग उपल्बध गराउन नसकेको किसानहरुको गुनासो छ ।

Write a Comment

Events