शहीद लखन थापाको १४० औं स्मृति दिवस आज
13-February-2017

फागुन २ – शहीद लखन थापा मगरको १४० औं स्मृति दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

नेपाल मगर संघ र संघका भातृसंस्थाले देश विदेशमा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेको संघका केन्द्रीय अध्यक्ष नविन थापाले जानकारी दिनुभयो ।

लखन थापा निरंकुश जहानिया राणा शासनको अन्त्यको लागि लड्नु भएको थियो । केही वर्ष अघि मात्रै नेपाल सरकारले लखन थापालाई पहिलो शहीद घोषणा गरेको थियो ।  लखन थापालाई सरकारले बेवास्ता गरेको मगर संघले गुनासो गरेको छ । 

Write a Comment

Events