विभिन्न ३ सय ८८ वटा लागुऔषधसहित एक महिला पक्राउ
15-February-2017

काठमाडौं, फागुन ४ – काठमाडौं महानगरपालिका-२० जैसीदेवलबाट विभिन्न लागुऔषधसहित सविना मगर तामाङ पक्राउ परेकी छिन् । 

धादिङ्ग खत्रीपौवा घर बताउने ३२ वर्षकी सविनाले लागुऔषधको कारोवार गर्छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलिले उनको कोठामा खानतलासी गर्दा आगुऔषध भेट्टाएको हो । 

उनको कोठामा नुफीन ५९ वटा, डाइजोपाम १ सय ६० वटा, फेनेरागन १ सय ६९ वटा गरी जम्मा ३ सय ८८ वटा लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय प्रहरी बृत्त जनसेवामा राखिएको र घटनाका सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Write a Comment