महतोको घरमा प्रहरी द्धारा खानतलासी
18-February-2017
अनिल यादव, नवलपरासी, फागुन ७ । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय उप–संयोजक कैलाश महतोको घरमा प्रहरीले खानतलाशी गरेको छ । आज दिउसो अन्दाजि लगभग १२ः३० बजेको समयमा उनकै कोठामा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरीहरु गई खानतलाशी गरेको महतोको श्रीमति कञ्चन महतोले बताएकी छिन् । स्वतन्त्र मधेश गठबन्धन तथा स्वराजिको उपसंयोजक महतो ले सिके राउतको अभियानमा लागेको र देश टुक्रयाउने व्यक्ति भएको भन्दै प्रहरीले खानतलाशी गरेको हो । प्रहरीले खानतलाशी गर्दा महतोको कोठा बाट सि.के राउतका पर्चा तथा पंम्पलेट, स्वतन्त्र मधेश गठबन्धन को किताब र तराई बुद्धीजिवी समाजका पर्चा बरामद गरी प्रहरीले ति किताब र पर्चाहरु लाई जफ्त गरेको छ । स्वतन्त्र मधेश गठबन्धनका उपसंयोजक महतोको श्रीमती कञ्चन महतो ले १ महिला प्रहरी सहित लगभग १२ जना प्रहरी खानतलाशी गर्न आएको बताईन । त्यस्तै प्रहरीले खानतलाशी गर्न आउदा खानतलाशीको कागज सोही ठाँउमा बनाइ कञ्चनलाई देखाउदै खानतलाशी गरेको हो भने उनि संग प्रहरीले राम्रै व्यवहार गरेको महतो ले बताईन ।

Write a Comment

Events
Random Picks