निजी क्षेत्रलाई स्वच्छ व्यवसाय गर्न दिनुपर्छ ः मुरारका
19-February-2017

बुटवल, ८ फागुन ।देशको विकासमा निजी क्षेत्रको अहम भुमिका रहेने नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष पशुपति मुरारकाले बताएका छन् । उनले  निजी क्षेत्रलाई स्वच्छ व्यवसाय गर्न दिनुपर्ने बताए ।

सिद्धार्थनगर उद्योग बाणिज्य संघको ५८ औं वार्षिक साधारण सभा तथा अधिबेशनको भैरहवामा उद्घाटन गर्दै अध्यक्ष मुरारकाले  देशमा भएको अस्थीरताले निजी क्षेत्रले लगानी गर्न ईच्छुक नदेखिएको हुँदा समयमै राजनितिक स्थिरता र आवश्यक निति निर्माण गरी निजी क्षेत्रलाई स्वचछ व्यवसाय गर्न सबै लाग्नु पर्ने बताए ।

त्यस्तै राजनितिक दलका नेताहरु सहमतीबाट अघी बढे देशलाई आर्थीक सम्बृद्धी तर्फ लैजानु पर्नेमा जोड दिए । अहिले भैरहेको उर्जा संकट, चन्दा आतंक र बिभिन्न बहानामा हुने बन्द हडताल उद्योगी व्यावसायीहरुको मुख्य समस्या रहेको भन्दै यसको स्थायी समाधानका लागि छिटटै उर्जा संकटबाट मुक्त हुने हिसाबले काम भइरहेको यसमा राज्य र राजनैतिक दल गंभिर भएर लाग्नु पर्ने उनको भनाई थियो । आर्थिक समृद्धि नभएसम्म मुलुकमा शान्ति स्थापित नहुने हुँदा राज्यले निजी क्षेत्रको संस्थागतमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उनले भने – ‘ यसक्षेत्रको अत्यावश्यक १३२ केभिए प्रसारण लाईन,सेजको संचालन, ओभरलोड, ट्रक सिण्डीकेट लगायतका समस्याको समाधान गर्न महासंघ प्रयासरत छ ,छिटै नै समाधान हुन्छ । राज्यले विश्वास दिलाउनु पर्छ, रुपन्देहीमा निजी क्षेत्रको भविष्य उज्जवल छ, यसलाइ नेपालकै ठुलो औधोगिक हबको रुपमा परिचित गराउन सकिन्छ ।’

सिद्धार्थ उद्योग बाणिज्य सघंका अध्यक्ष रामकुमार शर्माले मुलुकलाई आर्थिक समृद्ध बनाउने स्थाननै लुम्बिनी रहेकोले यसक्षेत्रमा सरकारले बढी भन्दा बढी ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै वक्ता हरुले रूपन्देही उद्योग, व्यापार, कृषि, पर्यटन र उद्योग क्षेत्रमा पर्याप्त सम्भावना बोकेको जिल्ला रहेको भन्दै सरकारले यो क्षेत्रलाई विशेष ध्यान पु¥याउनुपर्ने बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्रका सेज जस्ता महत्तव पूर्ण काम तथा यस क्षेत्रको विकासका लागि सशक्त भएर लाग्न सबै लाग्नु पर्ने, भैरहवामा स्थायी प्रदर्शनी मण्डपको जरुरी रहेको भन्दै यसका लागि पहल गरिदिन सबै राजनीतिक दल तथा सरोकारवालालाई आग्रह गरेका छन ।

रामकुमार शर्माको सभापत्तिवमा भएको  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकास सिंह,महासंघका दिनेश श्रेष्ठ,शेखर गोलछा लगायतले शुभकामना मनतव्य दिनुभएको थियो  । 
 साधै उक्त्त अवसरमा वरिष्ठ प्रत्रकार माभव ढुङ्गना , भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल कुमार गुप्ता , नसा रोग विषेशज्ञ डा. लोक जङ थापालाई पुरस्कृत तथा सम्मान गरेको थियो । 

Write a Comment