लुम्बिनी वाणिज्यमा स्ववियु चुनाब नहुने
23-February-2017

 पुजा पन्थी बुटवल, १२ फागुन ।

लुम्बिनी वाणिज्य क्याम्पसमा बिद्यालयमा बिभिन्न ६ विद्यार्थी संगठनले गरेको अबरोधका कारण फागुन १८ मा नहुने भएको छ ।

विप्लप पक्षधर बिद्यार्थी संगठन, मधेसबादी पार्टिको बिद्यार्थी संगठन लगायतका ६ वटा विद्यार्थी संगठनहरुले समानुपातिक हुनुपर्ने लगायतका ३ बुदे माग राख्दै क्याम्पस प्रशासन बन्द गरेका थिए ।

सो माग जायज नभएको भन्दै क्याम्पसले निर्माण गरेको निर्वाचन समितिका अध्यक्ष अण कृष्ण भट्टराईकाले चुनाब गर्न नसक्ने निर्णय गर्दै क्याम्पस प्रशासनलाई जानकारी दिए ।

नेबिसंघ केन्द्रिय सदस्य टंक पान्डे भन्छन– ‘क्याम्पसको उक्त कार्य निन्दनीय भएको हुनाले क्याम्पस प्रमुख र निर्वाचन प्रमुख दोशि रहेको, स्ववियु चुनाव र विद्यार्थी सगंठनको मागहरुलाइ बेवास्ता गरि क्याम्पस प्रमुख करिब १ महिना सम्पर्क बिहिन भएको कारणले सो घटना घटेको हुनाले क्याम्पस प्रमुखको तत्काल राजिनामा माग गर्दछौं । ’

Write a Comment