म्याग्दीमा लागुऔषधसहित तीन जना पक्राउ
24-February-2017

फागुन १३ म्याग्दी: लागुऔषधसहित प्रहरीले म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट तीन जनालाई पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा रुपन्देही खैरेनी– ४ का १८ वर्षीय अजय सेन्चुरी, २० वर्षीय राजु राना र पोखरा उपमहानगरपालिका– १५ का २१ वर्षीय सोनम घताने रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए।

प्राप्त सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक धनबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीले लागुऔषध डाइजेपाम, फेनोरागन र टाइजेसिक सात/सात गरी २१ एम्पुल तथा पाँच मिलिको निडिल सिरिङ्ज– ३ थान र नगद ६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुका साथबाट अपराधजन्य गतिविधिमा प्रयोग भएका तीन थान मोबाइलसमेत फेला पारेको प्रहरीले जनाएको छ । रासस

Write a Comment

Events
Random Picks