गर्मीका कारण सप्तरीमा आज दुई जनाको मृत्यु
8-June-2015

सप्तरी, जेठ २५ 

 विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सप्तरीमा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–९ बस्ने ६४ वर्षीया सम्झादेवी सरदार रहेको प्रहरीले जनाएको छ। उनको अत्यधिक गर्मीका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने जिल्लाको मोहलीमा एक जना यात्रुको गर्मीका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला नेटा बतासे गाविस–९ बस्ने ४५ वर्षीया लेखमान विक रहेको स्थानीय सञ्चारकर्मी उत्तम आचार्यले बताए। 

चर्को घाम लागेपछि सरदारको घरमै बेहोस भएर मृत्यु भएको छ भने विकको कटारीबाट धरान जाँदै गर्दा बसमा गर्मीले अचानक बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार व्यवसायमा समेत प्रभावित भएको बताइएको छ। रासस 

Write a Comment

Events
Random Picks