‘गोरखापत्र बाजे’लाई मरणोपरान्त सम्मान
1-March-2017

१८ फागुन  |  पोखरा – पिसजोन एकेडेमी, पोखराले ‘गोरखापत्र बाजे’का रुपमा परिचित स्व चन्द्रकान्त पौडेललाई मरणोपरान्त सम्मान गर्ने भएको छ ।

एकेडेमीको यही फागुन २० गते हुने १३औँ वार्षिकोत्सवको अवसर पारी पोखरा क्षेत्रमा सूचनाको संवाहकका रुपमा आफ्नो जीवनकालमा अतुलनीय योगदान पु¥याएबापत गोरखापत्र बाजेलाई मरणोपरान्त सम्मान गर्न लागिएको एकेडेमीका संस्थापक एवम् प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दहालले मङ्गलबार आयोजित पत्रकारसम्मेलनमा जानकारी दिए ।

एकेडेमीले ओझेलमा परेका पात्रको खोजी कार्यक्रमअन्तर्गत १५ हजारसहित उहाँको सम्मान गर्न लागेको जानकारी दिँदै दाहालले नेपाली खेलकुदजगत्मा विशिष्टता हासिल गरेका कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर र समाजसेवी लीलाभक्त आचार्यलाई अभिनन्दन गरिने पनि जानकारी दिए । रासस

Write a Comment

Events
Random Picks