समयमा सम्पन्न भएन विमानस्थल कालोपत्र
8-March-2017

 फागुन २५भोजपुर सदरमुकाममा रहेको एकमात्र विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम तोकिएको समयमा नसकिने भएको छ। पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थलको स्तरोन्नति ६५ प्रतिशत मात्र सकिएकाले तोकिएकै समयमा काम नसकिने भएको हो।
अनुगमनका क्रममा ठेकेदार कम्पनीलाई सोधपुछ गरी चैत १० गतेसम्म जहाज अवतरण गर्न मिल्ने बनाउन पनि निर्देशन दिएको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिइन्। ठेकेदार कम्पनीले भने डिजेल अभावका कारण काममा ढिलाइ भएको जनाएको छ। रासस -

Write a Comment

Events
Random Picks