स्वर्गद्वारी दर्शन गर्न गएको जिप पल्टिँदा ६ जनाको मृत्यु
24-March-2017

चैत्र ११, २०७३

प्युठानमा जिप पल्टिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । काठमाण्डौबाट स्वर्गद्वारी दर्शन गर्न गएका तिर्थयात्री सवार बा १ च १५६१ नम्बरको स्करपीयो जिप भिंगृ–६ रुमालेमा पल्टिएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।  जिप चालक ललितपुर गोटीखेलका सरोज घले सहित गम्भीर अवस्थाका तीन जना घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफरको तयारी भईरहेको स्वर्गद्वारी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक तिलक भट्टले जानकारी दिनुभयो । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । घटनास्थलमा प्रहरी पुगेको र विस्तृत बिवरण आउन बाँकी रहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताउनुभयो ।

Events
Random Picks