चाउथेमा २ सय ५० वृद्धवृद्धालाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण
21-April-2017

पोखरा, ८ बैशाख । 

चाउथे बहुउद्देश्यिय सामाजिक समितिको आयोजनामा शुक्रबार भएको स्वास्थ्य शिविरमा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । निशुल्क रुपमा भएको स्वास्थ्य शिविरमा उनीहरुले निशुल्क रुपमाऔषधी समेत प्राप्त गरे । 

५० वर्ष माथिका वृद्धवृद्धालाई लक्षितगर्दै आयोजना गरिएको शिविरमा चाउथे आसपास र लेखनाथ क्षेत्रका वृद्धवृद्धाहरु बढि सहभागी भएका थिए । उनीहरुलाई १० जना विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए । 

वृद्धवृद्धाको स्वास्थ्य परिक्षणका लागिमेडिकल फिजिसियन, नशातथा हाडजोर्नी विशेषज्ञ, नेत्र रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ र नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टरहरुलाई समितिले उपलब्ध गराएको थियो । सोहि क्रममा सम्पूर्ण वृद्धवृद्धाको निशुल्क रुपमा रक्त परिक्षण समेत गरिएको समितिले जनाएको छ । 

Write a Comment

Events
Random Picks