शिक्षा अधिकार सुनिश्चित गराउन शैक्षिक सामाग्री बितरण
27-April-2017


पोखरा, १४ वैशाख

अनेरास्ववियु कास्किको दोस्रो कपि कलम अभियानको दोस्रो कार्यक्रम पोखरा १३ आर्बा पोखरी गाउँमा अवस्थित बिजय आधारभुत बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । बिद्यालयका आर्थिक अवस्था कमजोर भएका ३५ विद्यार्थीहरुलाइ कपि कलम सहित सरसफाइका सामग्री बितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा सङ्घ नेपाल केन्द्रिय युथ फोर्स बिभाग प्रमुख दर्शन लामाले रचनात्मक आन्दोलनको माध्यमबाट शिक्षामा सवैको पहुच पुर्याउन लागि पर्नुपर्ने बताएका थिए । 

कार्यक्रममा कार्यक्रममा बिद्यालयका प्र अ शान्ती बिश्वकर्मा, नेकपा एमाले पोखरी गाउँ कमिटी अध्यक्ष भरत सुनार, युवा सङ्घ  कास्की सदस्य एकप्रसाद गुरुङ, बुद्धिप्रकाश बराल, तारानाथ बराल, राजकुमार नेपाली, मिलन गुरुङ, अनेरास्ववियुका बिष्णु पोख्रेल लगायत उपस्थित रहेका थिए ।

 
अभियानका संयोजक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन अनेरास्ववियु कास्की क्षेत्र न ३ का संयोजक महेन्द्र पौडेलले गरेको अभियानका सदस्य मौसम तिमिल्सिनाले जानकारी दिए ।

Write a Comment

Events
Random Picks