आईजीपी अर्यालको ब्रिफिङ–हल्लाको पछि नलाग्नू, देशको परिस्थिति बुझेर चनाखो बस्नू
1-May-2017

काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बाहिर चलेका विभिन्न हल्लाको पछाडी नलागी देशको परिस्थिति बुझेर चनाखो बस्न आफू मातहत सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

उच्च प्रहरी अधिकारीको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले स्थानीय निकायको निर्वाचन सफल बनाउनु अहिलेको मुख्य जिम्मेवारी भएको बताउँदै अनावश्यक हल्लाको पछाडी नलाग्न निर्देशन दिएका हुन् ।

मुलुकको राजनीतिक परिस्थिति, संगठनभित्र देखिएको गतिविधि सबैलाई ध्यानमा राखेर अघि बढ्न निर्देशन दिएका थिए ।

“देशमा विषेश परिस्थिति खडा भएको छ,” अर्यालको भनाई उद्धृत गर्दै प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने, “निर्वाचनको तयारी पूरा भईसकेको छ, यसलाई सम्पन्न गर्न प्रहरीले मुख्य भुमिका खेल्नुपर्छ । प्रहरीले रातदिन काम गरेर निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्छ ।”
अर्यालले चुनाव हुन्छ कि हुँदैन भनेर आशंका नगर्न पनि निर्देशन दिएका थिए ।

उनले निर्वाचन जसरी पनि सफल हुने बताउँदै आफूले पाएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका थिए । उनले देशको परिस्थिति बुझेर चनाखो रुपमा रहन पनि सबैलाई निर्देशन दिएका थिए ।

Write a Comment

Events
Random Picks