निर्वाचन व्यावहारिक हुनुपर्नेमा जोड
7-May-2017


जकसन डटकम
पोखरा, २४ वैशाख

पोखरामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचनमा मतदाताहरु शिक्षित बन्नुपर्नेमा जोड दिएका छन् । ‘स्वच्छ निर्वाचनका लागि नागरिक अभियान विषयक अन्तरक्रियामा मतदाताहरु शिक्षित भएमा मत बदर नहुने उनीहरुको भनाई थियो ।

कार्यक्रमका प्रमूख अतिथि अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका संयोजक सुबोधराज प्याकुरेलले बढी भन्दा बढी सहभागिता जनाएर आसन्न स्थानीय तहको निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

नेपाल मानव अधिकार संगठनका संयोजक ईन्द्र अर्यालले निर्वाचनको सम्वन्धमा नेपाली समाज तथा सर्वसाधारणमा सचेतना आएको औल्याए ।

निर्वाचनका लागि युवा अभियान, साझा अभियानका संयोज लोकराज अवस्थीले युवाहरुले निर्वाचनमा बढि भन्दा बढि सक्रियता र सहभागिता देखाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा क्षेत्रीय निर्वाचन कार्यलय पोखराका निर्वाचन अधिकारी गंगालाल सुवेदीले निर्वाचन प्रक्रिया सम्बन्धमा प्रकाश पारे ।

Write a Comment

Events
Random Picks