स्थानिय चुनावका आर्थिक मुद्धामा बहस कार्यक्रम
10-May-2017


जकसन डटकम
बैशाख २७ पोखरा

स्थानिय स्थानिय निकायको निर्वाचनमा दलहरुले जारी गरेको प्रतिबद्धतामा नगरको बिकासको लागी ठोस कुरा नआएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

संमृद्धि फाउन्डेसनको सहयोगमा संरचना फर सोसियल सस्टेनएबिलिटीको आयोजनामा बुधबार पोखरामा भएको स्थानिय निर्वाचनमा आर्थिक मुद्धा विषयक अन्र्तरक्रियाका बत्ताहरुले यस्तो बताएका हुन ।कार्यक्रममा दलहरुकाट जारी घोषणापत्रमा बिज्ञहरुको सुझाब नमागिएको पनि उनिहरुले बताका छन ।

कार्यक्रममा बोल्दै पोखरा विश्वबिद्यालयका प्रोफेसर डा. इन्द्र प्रसाद तिवारीले आसन्न स्थानिय तहको निर्वाचनमा दलहरुबाट आएका चुनाबी घोषणापत्रमा दलहरुले गरेका प्रतिबद्धता सबै एउटै खालका पाइएको बताए । उनले पोखरा लेखनाथ महानगरको विकासका लागी दलहरुले  बिज्ञको सल्लाहामा  गुरुयोजना बनाएर अगाडी बढ्नुपर्ने बिचार व्यक्त गरे ।प्रा डा तिवारीले  निर्वाहमुखी कृषि प्रणालीलाई घटाएर स्वदेशमा नै रोजगारमुलक गतिबिधी संचालन गर्नपर्नेमा जोड दिए ।

कार्यक्रमा बोल्दै लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठीले दुई दशक पछाडी स्थानिय निकायको निर्वाचन हँुदापनि दलहरुका घोषणा पत्रमा तात्विक भिन्नता आफूले नपाएको बताए । दलहरुलाई उनले यूवा बिदेश पलाएन हुनबाट रोक्नका लागी स्थानिय सरकारलेनै आर्कषित हुने खालका कार्यक्रम ल्याउनपर्नेमा सुझाब दिए । स्थानिय तहको निर्वाचन पछाडी समृद्ध महानगर बनाउन उद्धमशिलताको पनि उत्तिकै महत्व रहेको प्रति पनि विशेष जोड रहेको छ ।

यस्तै कार्यक्रममा बोल्दै पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचनले महानगरले आर्थिक हिसाबले समृद्ध हुनका लागी स्रोतको पहिचान गर्न आबश्यक रहेको बताउदै निश्चित समयमा नगरलाई कसरी अगाडी बढाउने बिषयमा प्रतिबद्धता गर्न आबश्यक रहेकोमा जोड दिए । उनले भने , ‘भएका साधनस्राोतको उचित व्यबस्थापन गरी निजी क्षेत्रको ठूलो लगानी रहेको पोखरा नगरमा थप पर्यटकीय गन्तव्यको पहिचान गरि उनिहरुको बसाईं बढाउन महानगरले पहल गनुपर्नु पर्छ ।’ 

कार्यक्रममा बैङकर कमला खाती क्षेत्रीले ठूला योजना बनाउने क्षमता निजी क्षेत्रसंग नरहेको भन्दै यसमा स्थानिय सरकारले बिषेश ध्यान दिन आबश्यक रहेको बताइन ।उनले अबको स्थानिय निकायबाट आउने नेतृत्वले व्यापारभन्दा पनि उधमशिलता बढाउनपर्नेमा जोड दिदै युवा लक्षित कार्यकम र विश्वबिद्यालय निर्माण लगएतका बिषयमा जोड दिइन ।

कायृक्रममा पोखरा लेखनाथ महानगर क्षेत्रका विभिन्न आर्थिक बिकासका विषयहरु उठाइएको र स्थानिय निकायको निर्वाचन पछाडी चुनियर। आउने नगर प्रमुखलाई एक कार्यक्रमका बिच हस्तान्त्रण गरिने कार्यक्रम संचालक संजिब पौडेलले जानकारी दिए ।

कार्यक्रममा पत्रकार प्रकाश ढकाल, संजिता पराजुली, असीम सिग्देल, संजिब पौडेल, सरिता श्रेष्ठ लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गरेका थिए । दुई सत्रमा संचालन भएको कार्यक्रममा स्वागत संस्थाकी सन्जिता पराजुली ,वत्ताहरुको चिनारी सोलिजा श्रेष्ठ, संचालन संजिब पौडेलले   र धन्यवाद ज्ञापन अमृता गौतमले गरेकी थिइन ।

 

 

 

 

 

Write a Comment

Events
Random Picks