नेपाल बन्दको प्रभाव पोखरामा सामान्य
13-May-2017


उमा आलेमगर
पोखरा, ३० वैशाख


नेपाल कम्युनिष्ट पार्टी विप्लप माओबादीले आह्वान गरेको नेपाल वन्दको प्रभाव पोखरामा आज सामान्य रुपमा परेको छ । निजी सवारीहरु अधिकांश चलेका छन् भने सार्वजनिक यातयात, उद्योग धन्दा तथा पसलहरु प्रयाः ठप्प छन । 

बन्दले मतदातालाई भने प्रभाव परेको छ । मतदान गर्न आज घर जाने सोच बनाएहरु बन्दले कसरी जाने भन्ने सोचमा परेका छन् । बन्दमा कुनै अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ । विहान ५ बजेबाट सुरु भएको बन्द अपराह्न ५ बजे सम्पन्न हुने छ ।

यसैबिच राष्ट्रिय मानवअधिकार आयोगले नेपाल बन्द फिर्ता लिन आग्रह गरेको छ । आयोगका सदस्य सुदीप पाठकले आज एक प्रेस विज्ञप्ति निकाल्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आज आयोजना गरेको नेपाल बन्द फिर्ता लिन आग्रह गरेका हुन् ।

निर्वाचनलाई प्रभावित पार्नेगरि बन्द हड्ताल आयोजना नगर्न गरेको आग्रहलाई पुनःस्मरण गराउँदै आयोगले नेपाल कम्युनिष्ट पार्टीलाई आम नागरिकको मानवअधिकार र मताधिकारको सम्मान गर्न आग्र समेत गरेको छ ।

Write a Comment

Events
Random Picks