मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग
17-May-2017


जकसन डटकम
पोखरा, ०३ जेठ

मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी भिलेज पोखरालाई नगद सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर एक कार्यक्रमका बीच ५० हजार रुपैयाँ सहयोग गरेको कलेजका उपप्राध्यापक गीता घिमिरेले जानकारी दिइन् ।

पोखराको हेम्जामा रहेको उक्त आवास गृहले असहाय बालबालिकालाई राखेर पालनपोषण तथा अध्ययनको व्यवस्था मिलाउँदै आएको छ । हिन्दी सिनेमा बाहुबली २ को च्यारिटी सोबाट जम्मा भएको रकम अपर्चुनिटी भिलेजलाई सहयोग गरिएको घिमिरेले बताइन् । ‘असहाय बालबालिकाको क्षेत्रमा काम गरेको संस्थालाई सहयोग गर्न पाउँदा निकै खुसी छौं,’ उनले भनिन्, ‘नर्सिङ दिवस मनाउने क्रममा सामाजिक काम गर्ने लक्ष्यसहित सहयोग गरेका हौं ।’

यसैबीच, नर्सिङ दिवसकै अवसरमा कलेजले अघिल्लो साता विभिन्न खेलकुद प्रतियोगिता गरेको थियो । प्रतियोगितामा उत्कृष्ट भएका र प्रविणता प्रमाणपत्र तह तथा स्नातक तहमा पहिलो, दोस्रो र तेस्रो भएका छात्राहरुलाइ पुरस्कार प्रदान गरिएको छ । 
 
त्यस्तै मनिपाल कलेज अफ नर्सिमा लामो समयदेखि कार्यरत असिस्टेन्ट प्रोफेसर सन्ध्या श्रेष्ठ, लेक्चररहरु गीता घिमिर, नोना शाक्य, मन माया राना र पुष्पा शर्मालाई कलेजले सम्मान गरेको छ । नर्सिङ कलेजलाई योगदान पु¥याएबापत प्रमाणपत्र सहित मायाको चिनाले सम्मान गरिएको कलेजका प्रमुख शकुन सिंहले बताइन् ।

Write a Comment

Events
Random Picks