हुन्डाईको एक्सचेन्ज क्याम्प आजबाट पोखरामा
26-May-2017


उमा अलोमगर
पोखरा, १२ जेठ

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अन्तर्गतको हुन्डाई सो रुम पोखराले आजदेखि तीन दिने हुन्डाई एक्सचेन्ज कार्यक्रम आयोजना गरेको छ । आज सुरु भएको कार्यक्रम आइतबार सम्म जारी रहनेछ । हुन्डाई मोडलका सबै गाडीमा यो योजना लागु हुने छ । ‘ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न एक्सचेन्ज क्याम्प गरिएको हो,’ आयोजकले जनाएको छ ।
 
एक्सचेन्जसँगै हुन्डाईले आप्mना ग्राहक सामु नगद छुट, स्पट एक्सचेन्ज र भ्यालुएसन तथा एक्सचेन्ज बोनसको सुविधा उपलब्ध गराएको सेल्स एण्ड अपरेसन इन्चार्ज भीमसिंह खत्रीले जानकारी दिए । 

कार्यक्रममा एक्सचेन्जका साथै टेष्ट ड्राइभ एण्ड विन लगायतका मनोरञ्जनका कार्यक्रमहरु पनि समावेश गरिएको छ । कार्यक्रम अवधिमा टेष्ट ड्राइभ गरेका मध्येबाट लक्कीड्रका आधारमा भाग्यशाली ग्राहकलाई स्मार्ट फोन प्रदान गरिने छ । ग्राहकको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने क्रममा पोखरामा एक्सचेन्ज कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

Write a Comment

Events
Random Picks