
उमा आलेमगर
पोखरा, १४ जेठ
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालि अन्तर्गत पोखरामा रहेको हुण्डाई शोरुमले पोखरामा आयोजना गरेको एक्सचेन्ज कार्यक्रम आज समापन हुदैँ छ ।
शुक्रवारवाट सुरु भएको एक्सचेन्जमा शनिवारसम्म १० वटा गाडी साटफेर भएको र २६ जनाले टेण्ट राईड गरेको कम्पनीका सेल्स तथा अपरेशन ईन्चार्ज भिमसिँह खत्रीले जानकारी दिए ।
आज समापन हुने इभेन्टमा हुण्डाई व्राण्डका सवै मोडलहरुमा साटफेरको व्यवस्था रहेको कम्पनीले जनाएको छ । ग्राहकको उत्साहपुर्ण सहभागिताले कार्यक्रम सफल हुँदै गएको भनाई खत्रीको छ ।
शनिवारै एक्सचेन्ज कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य तथा शिखर इन्सोरेन्सका मार्केटिङ प्रमुख अन्जन ढकालले पनि सहभागिता जनाए । अटोमोवाईल्सको क्षेत्रमा देशकै अग्रणी व्राण्ड वन्न सफल हुण्डाईको सर्भिस सेन्टर तथा शोरुमको उनले अवलोकन गरेका थिए । आचार्य शिखर इन्स्योरेन्सका सद्भावना दुत समेत रहेका छन् ।
ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न हुण्डाईले यो कार्यक्रम ल्याएको वताएको छ ।
हुण्डाईले ग्राहक सामु नगद छुट, स्पट भ्यालुएशन र एक्सचेन्ज वोनस पनि प्रदान गर्ने वताएको छ । यस कार्यक्रममा एक्सचेन्जका का साथै टेष्ट ड्राईभ तथा मनोरञ्जनका कार्यक्रमहरु सम्मेलित छन् । टेष्ट ड्राईभ गर्ने ग्राहकमध्येवाट लक्की ड्र मार्फत विजेतालाई स्मार्ट फोन प्रदान गरिने छ । हुण्डाईले विक्री प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।