बडा न ६ का जनप्रतिनिधिलाई शान्तिपाटन टोलविकासको स्वागत तथा सम्मान
28-May-2017


उमा आलेमगर
पोखरा, १४ जेठ

पोखरा लेखनाथ महानगरपालिका वडा न ६ बैदाम मा अबस्थित शान्तिपाटन टोल विकास संस्था ले बडा न ६ का जनप्रतिनिधिहरु सहित पोखरा उपत्यका नगर विकास समितिका नवनियूक्त अध्यक्ष शुन्दर कुमार श्रेष्ठलाई सम्मान गरेको छ ।  संस्थाले आज एक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधि सहित नवनियूक्त अध्यक्षलाई दोसला सहित समान पत्रले सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष तारानाथ लम्मसालको सभाअध्यक्षमा भएको कार्यक्रमा बडा न ६ नवनिर्वाचित अध्यक्ष जगतबहादुर पहारीले बडा न ६ पोखराकै पर्यटकीय क्षेत्र भएकोले यस क्षेत्रमा रहेका पार्कहरुलाई ब्यवस्थित गरि पर्यटकहरुको बसाई लम्वाइउनका लागि पर्यटकका पूर्वाधार निर्माण गरिने बताएका छन । यस क्षेत्रलाई पर्यटकीय बाताबरण मैत्रि र हरियाली शहरको रुपमा विकास गर्ने र फेवाताल लाई सफा र स्वच्छ बनाउनका लागि योजना बद्धका कार्यक्रमहरु ल्याउने र प्रतिबद्धताका साथ लाग्ने भन्दै चुनावमा आफुले गरेका बाचा कवोलहरुलाई सकृयताका साथ लागु गर्ने विश्वास ब्यक्त गरेका छन ।

कार्यक्रममा पोखरा उपत्यकाका नवनियूक्त अध्यक्ष सुन्दर कुमार श्रेष्ठले आफु पोखरा आउदा केही नलिइ आएको र अहिले जे म सगँ छ त्यो सबै पोखराले नै दिएको भन्दै आफुले पोखराको समवृद्धि र विकासका लागि कुनै कसर बाकी नराख्ने बताएका छन । आफुले सरकार बाट पाउने कुनै पनि भत्ता तथा सेवा सुविधाहरु नलिने भन्दै पोखरामा रहेका बृद्धाआश्रममा सहयोग गर्ने जानकारी गराएका छन । पोखराको विकासको लागि कुनै पनि आर्थिक प्रलोभनमा नपर्ने र आर्थिक चलखेल गर्नेलाई आफुले नछाडने बताउदै पोखरा उपत्यका नगर विकासलाई पूण भष्ट्रचार मुक्त बनाउनेमा कटिबद्धताका साथ लाग्ने कुरामा जोड दिएका छन ।

शान्तिपाटन बचत तथा ऋण सहकारी संस्था बैदामका सचिब इन्दिरा पन्तले स्वागत मनतब्य राखेको कार्यक्रममा शान्तिपाटन बचत तथा ऋण सहकारीका अध्यक्ष मोहन बहादुर कार्की टोल विकास संस्थाका सचिब संगिता बराल, द्रष्टि यूवा क्लवका अध्यक्ष असिमकुमार कार्की, अन्नपूर्ण आधारभूत विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष शिबजि कुवँरका साथै वडा निर्वाचित प्रतिनिधिहरु राममाया विक, पुष्प पहारी घले , हरिकृष्ण पहारी र विष्णु बहादुर भट्टराई लगाएतकाले आ–आफ्ना भनाई राखेका थिए ।

उक्त कार्यक्रममा बैदाम ६मा अवस्थित अन्नपूर्ण आधारभुत विद्यालयमा अध्ययन छात्र र छात्राहरुको शैक्षिक गुणस्तर विकास होस भन्ने उद्ेश्यले वैदामका जनप्रतिनिधिहरु जगतबहाद पहारीबाट ५ हजार ५सय ५० रुपैया, पुष्प पहारीघलेबाट ५ हजार २० रुपैया, विष्णु बहादुर भट्टराई बाट ५हजार १० रुपैया तेसै गरी राममाया विकबाट २ हजार ५ सय र बैदाम निवासी एकराज अधिकारीबाट २ हजार रुपैया विद्यायलयका ब्यवस्थापन समितिका अध्यक्ष शिबजि कुवँरलाई हस्तान्तरण  गरेका छन ।
 

Write a Comment

Events
Random Picks