विश्वका ३५ देशका व्लकर पोखरामा
29-May-2017


उमा आलेमगर
पोखरा, १५ जेठ

पर्यटकिय नगरी पोखराको पर्यटन प्रवद्र्धन गर्न विश्वका ३५ देशका व्लकर (सामाजिक संजाल प्रयोग कर्ता ) पोखरामा आएका छन । विश्वको उत्कृष्ट गन्तव्यमा पर्ने नेपालको अध्ययन तथा अवलोकन सहित नेपालको पर्यटन प्रवद्र्धन गर्न सोमबार टोली पोखरा आएको हो । 

नेपालको पर्यटकिय स्थलहरुको अवलोकन पश्चात उनीहरुले आ–आफ्नो देशमा नेपालको बारेमा चर्चा परिचर्चा गर्ने तथा सामाजिक संजाल फेसवुक, टुविटर, वेव साईड लगायतका सामाजिक संजालमा नेपालको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने भएको पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले बताए । 

नेपाल पर्यटन वोर्ड, पाटा नेपाल, नेपाल पर्वातारोहण संघको संयुक्त रुपमा आयोजना भएको व्लकरहरुको प्रमोशनल टुरमा सहभागि ३५ देशका ९९ जना नेपालका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गर्दै टोली सोमबार पोखरा आएका हुन ।

अमेरीका देखि भारत, भेतनाम, जापान, क्यानडा, जर्मनी, स्पेन, ईटली लगायतका देशका व्लकर सहित संचारकर्मीहरु समेत सहभागि भएकोले उनीहरुको करिब एक हप्ते नेपाल प्रमोशनल टुरले पर्यटन प्रवद्र्धन हुने पाण्डेले जनाए । नेपाल पर्वातारोहण संघ अन्तर्राष्ट्रिय म्युजियम पोखरामा सोमबार सगरमाथाको चुचुरोमा कम समयमा हिमाल आरोही गरेर विश्व रेकर्ड कायम गरेका काजी शेर्पाले हिमालयनको बारेमा व्लकरहरुलाई जानकारी गराएका हुन । 

५ पटक सगरमाथा आरोहण गरेका शेर्पाले २० घण्टा २४ मिनेटमा सगरमाथा आरोहण गरी विश्व कृतिमान गर्न सफल भएका हुन ।  पोखरामा धेरै प्राकृतिक श्रोत साधनले धनि भएकोले मानव निर्मीत थोरै पर्यटकीय स्थलहरु रहेको नेपाल पर्वातारोहण संघ अन्तर्राष्ट्रिय म्युजियम पोखराका सन्तविर लामाले बताए । व्लकरहरुको एक टोली काठमाण्डौं चितवन लुम्विनी हुदै पोखरा आएको हो भने अर्को समुह काठमाण्डौंबाट पोखरा हुदै ट्रेकिङमा घोरेपानी हुदै पुनः पोखरा फर्किएको हो । उक्त टोली मंगलबार काठमाण्डौं फर्किने भएको हो । 

Write a Comment

Events
Random Picks